शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा ओमानको यो तेस्रो सहभागिता हो । ओमानले यसअघि दुईपटक टी–२० विश्वकप खेलिसकेको छ । ओमानले सन् २०१६ मा सम्पन्न छैटौँ टी–२० विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो ।

टी–२० विश्वकपमा ओमान प्रारम्भिक चरणभन्दा अगाडि बढ्न सकेको छैन । पहिलो सहभागितामा ओमान समूह ‘ए’ मा परेको थियो । त्यो समूहमा बंगलादेश, नेदरल्यान्ड्स र आयरल्यान्ड पनि थिए । ओमानले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । 

ओमानले टी–२० विश्वकपको आफ्नो पहिलो सहभागिताको पहिलो खेलमै जित हात पारेको थियो । समूहगत चरणको आफ्नो पहिलो खेलमा ओमानको टोलीले आयरल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो ।

सन् २०२१ मा ओमानले दोस्रो पटक विश्वकप खेलेको थियो । आफ्नो दोस्रो सहभागितामा पनि ओमान समूहगत चरणबाटै बाहिरिएको थियो । दोस्रो सहभागितामा पनि ओमानले तीनमध्ये एक खेलमा जित हात पारेको थियो । दोस्रो सहभागितामा ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले हराएको थियो । 

टी–२० विश्वकपको दुईवटा संस्करणमा ओमानले कुल ६ खेल खेलेको छ । ओमानले त्यसमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । ओमानको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

टी–२० विश्वकप सहभागिता: छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१ र नवौँ संस्करण सन् २०२४  

ओमानको टोली: अकिब ईलयस (कप्तान), जिसन मकसुद, कश्यप प्रजापती, प्रतिक अथावाले, आयान खान, सोएब खान, मोहम्मद नदिम, नसिम खुशी, मेहरान खान, बिलाल खान, रफिउल्लाह कलिमुल्लाह, फायाज बट, सकिल अहमद र खालिद काइल ।

नवौँ विश्वकपमा ओमान: समूह ‘बी’ ओमान, स्कटल्यान्ड, नामिबिया, अस्ट्रेलिया र इङ्ल्यान्ड ।

जुन २: ओमानविरुद्ध नामिबिया

जुन ५: ओमानविरुद्ध अस्ट्रेलिया

जुन ९: ओमानविरुद्ध स्कटल्यान्ड

जुन १३: ओमानविरुद्ध इङ्ल्यान्ड  

खेल तालिका

नामिबिया नामिबिया
१०९/६ (२० overs)
win
VS
ओमान ओमान
१०९/१० (१९.४ overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
समूह चरण
नामिबिया सुपर ओभरमा विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
१६४/५ (२० overs)
win
VS
ओमान ओमान
१२५/९ (२० overs)
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
समूह चरण
अस्ट्रेलिया ३९ रनले विजयी
ओमान ओमान
१५०/७ (२० overs)
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१५३/३ (१३.१ overs)
win
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
समूह चरण
स्कटल्याण्ड ७ विकेटले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
५०/२ (३.१ overs)
win
VS
ओमान ओमान
४७/१० (१३.२ overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
समूह चरण
इंग्ल्याण्ड ८ विकेटले विजयी