शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डले हालसम्म आईसीसी टी–२० विश्वकपको सातवटा संस्करणमा सहभागिता जनाइसकेको छ । आयरल्यान्डले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणदेखि टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । 

टी–२० विश्वकपमा आयरल्यान्डको टोली हालसम्म ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । आयरल्यान्ड आफ्नो पहिलो सहभागितामै ‘सुपर–८’ चरणमा पुगेको थियो । ‘सुपर–८’ चरणमा आयरल्यान्डको समूहबाट दुईवटा टोली अगाडि बढ्ने प्रावधान थियो ।

तर, आयरल्यान्ड आफ्नो तीनवटै खेलमा पराजित भयो । उक्त समूहबाट श्रीलंका र पाकिस्तान नकआउट चरणमा पुगेका थिए भने न्युजिल्यान्ड र आयरल्यान्ड उपाधि होडबाट बाहिरिएका थिए । 

टी–२० विश्वकपमा आयरल्यान्डले हालसम्म कुल २५ खेल खेलेको छ । त्यसमध्ये आयरल्यान्ड सात खेलमा विजयी भएको छ भने १५ खेलमा पराजित भएको छ । आयरल्यान्डको बाँकी तीन खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

टी–२० विश्वकप सहभागिता : दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

आयरल्यान्डको टोली : पल स्टर्लिङ (कप्तान), मार्क अडेर, रोस अडेर, एन्ड्र्यू बलबर्नी, कर्टिस क्याम्फर, गेराथ डेलानी, जर्ज डकरेल, ग्राहम हम, जस लिटल, बेरी म्याकार्थी, निल रक, ह्यारी टेक्टर, लोर्कन टुस्कर, बेन ह्वाइट र क्रेग योङ ।

नवौँ विश्वकपमा आयरल्यान्ड : समूह ‘ए’ आयरल्यान्ड, भारत, पाकिस्तान, क्यानडा र अमेरिका ।

जुन ५ : आयरल्यान्डविरुद्ध भारत

जुन ७ : आयरल्यान्डविरुद्ध क्यानडा

जुन १४ : आयरल्यान्डविरुद्ध अमेरिका

जुन १६ : आयरल्यान्डविरुद्ध पाकिस्तान

खेल तालिका

भारत भारत
९७/२ (१२.२ overs)
win
VS
आयरल्याण्ड आयरल्याण्ड
९६/१० (१६ overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
भारत ८ विकेटले विजयी
क्यानडा क्यानडा
१३७/७ (२० overs)
win
VS
आयरल्याण्ड आयरल्याण्ड
१२५/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
क्यानडा १२ रनले विजयी
अमेरिका अमेरिका
VS
आयरल्याण्ड आयरल्याण्ड
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
वर्षाका कारण खेल रद्द
पाकिस्तान पाकिस्तान
१११/७ (१८.५ overs)
win
VS
आयरल्याण्ड आयरल्याण्ड
१०६/९ (२० overs)
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
पाकिस्तान ३ विकेटले विजयी