शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजले हालसम्म आठपटक टी–२० विश्वकप खेलिसकेको छ । वेस्ट इन्डिज नवौँ पटक टी–२० विश्वकपमा सहभागिता जनाउने तयारीमा छ । पहिलो संस्करणदेखि नै क्यारेबियन टोलीले निरन्तर विश्वकपमा सहभागिता जनाउँदै आएको हो । 

वेस्ट इन्डिज टी–२० विश्वकपको सफल टोली पनि हो । वेस्ट इन्डिज दुईपटक टी–२० विश्वकपको उपाधि चुम्ने पहिलो राष्ट्र हो । वेस्ट इन्डिजले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो ।

त्यसपछि वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो । विश्वकपको अन्य संस्करणमा भने वेस्ट इन्डिज फाइनलसम्म पुग्न सकेको छैन । 

वेस्ट इन्डिजले हालसम्म टी–२० विश्वकपमा कुल ३९ खेल खेलिसकेको छ । त्यसमध्ये वेस्ट इन्डिज १९ खेलमा विजयी र १८ खेलमा पराजित भएको छ । वेस्ट इन्डिजको एक खेल बराबरी र एक खेल अनिर्णित रुपमा सकिएको थियो ।

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

वेस्ट इन्डिजको टोली : रोभमन पोवेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेज, सिमरन हेटमायर, सामर जोसेसफ, ब्रान्डन किङ, निकोलस पुरण, साई होप, आन्द्रे रसेल, रोमारियो सेफर्ड, जासन होल्डर, अकेल होसैन, गुडाकेश मोटी र सेरफन रुथरफोर्ड ।

नवौँ विश्वकपमा वेस्ट इन्डिज : समूह ‘सी’ वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, पपुवन न्यु गिनी र युगान्डा ।

जुन २ : वेस्ट इन्डिजविरुद्ध पपुवा न्यु गिनी

जुन ८ : वेस्ट इन्डिजविरुद्ध युगान्डा

जुन १२ : वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड

जुन १७ : वेस्ट इन्डिजविरुद्ध अफगानिस्तान  

खेल तालिका

वेस्ट इन्डिज वेस्ट इन्डिज
१३७/५ (१९ overs)
win
VS
पपुवा न्युगिनी पपुवा न्युगिनी
१३६/८ (२० overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हरायो
वेस्ट इन्डिज वेस्ट इन्डिज
१७३/५ (२० overs)
win
VS
युगान्डा युगान्डा
३९/१० (१२ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
वेस्ट इन्डिज १३४ रनले विजयी
वेस्ट इन्डिज वेस्ट इन्डिज
१४९/९ (२० overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
१३६/९ (२० overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
समूह चरण
वेस्ट इन्डिज १३ रनले विजयी
वेस्ट इन्डिज वेस्ट इन्डिज
२१८/५ (२० overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
११४/१० (१६.२ overs)
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
समूह चरण
वेस्ट इन्डिज १०४ रनले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
१८१/२ (१७.३ overs)
win
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१८०/४ (२० overs)
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
सुपर ८
इंग्ल्याण्ड ८ विकेटले विजयी
अमेरिका अमेरिका
१२८/१० (१९.५ overs)
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१३०/१ (१०.५ overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
सुपर ८
वेस्ट इन्डिज ९ विकेटले विजयी
वेस्ट इन्डिज वेस्ट इन्डिज
१३५/८ (२० overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१२४/७ (१६.१ overs)
win
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
सुपर ८
दक्षिण अफ्रिका ३ विकेटले विजयी (DLS मेथड)