शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

त्यतिबेलाको एसोसिएट सदस्य राष्ट्र नेपालले छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले कुनै पनि ढाँचाको क्रिकेट विश्वकपमा सहभागिता जनाएको त्यो पहिलो पटक थियो । त्यो विश्वकपको ढाँचा पनि केही फरक थियो । 

आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेका थिए । आईसीसीको पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका टोली आयोजक बंगलादेश र जिम्बाबेले भने छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्य राष्ट्रसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।

नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए । नेपालसँगै यूएई र हङ्कङका लागि पनि त्यो पहिलो विश्वकप सहभागिता थियो । 

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए ।

दुबै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो ।

यसैगरी समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेश दुबैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो । 

समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अङ्क थियो । तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । 

त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो । समूह ‘बी’ बाट भने नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर टेन’ चरणमा पुगेको थियो । नेपाली टोली पारस खड्काको कप्तानीमा त्यो विश्वकपमा सहभागी भएको थियो ।

यसपटक पनि नेपाली टोली छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो । नेपाल एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट विश्वकपमा पुगेको हो । एसियाली क्षेत्रबाट नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो ।

टी–२० विश्वकप सहभागिता : पाँचौँ संस्करण सन् २०१४ र नवौँ संस्करण सन् २०२४

नेपालको टोली : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल\सन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी । 

नवौँ विश्वकपमा नेपाल : समूह ‘डी’ नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स ।

खेलाडीहरु

आसिफ शेख
किपर आसिफ शेख
खेल
४४
रन
१०२३
उच्च स्कोर
६४
अविनाश बोहरा
बलर अविनाश बोहरा
खेल
५९
रन
२३
उच्च स्कोर
१२
विकेट
७४
अनिलकुमार साह
ब्याट्समेन अनिलकुमार साह
खेल
रन
२३
उच्च स्कोर
२३
दीपेन्द्रसिंह ऐरी
अलराउण्डर दीपेन्द्रसिंह ऐरी
खेल
६४
रन
१६२६
उच्च स्कोर
११०
विकेट
३७
गुल्सन झा
अलराउण्डर गुल्सन झा
खेल
२९
रन
३६२
उच्च स्कोर
५४
विकेट
१९
कमलसिंह ऐरी
बलर कमलसिंह ऐरी
खेल
१०
रन
१८
उच्च स्कोर
१३
विकेट
१५
करन केसी
अलराउण्डर करन केसी
खेल
६८
रन
४१७
उच्च स्कोर
४५
विकेट
९०
कुशल भुर्तेल
ब्याट्समेन कुशल भुर्तेल
खेल
४३
रन
१०८१
उच्च स्कोर
१०४
विकेट
१०
कुशल मल्ल
अलराउण्डर कुशल मल्ल
खेल
३६
रन
७७१
उच्च स्कोर
१३७
विकेट
१९
ललित राजवंशी
बलर ललित राजवंशी
खेल
२१
रन
उच्च स्कोर
विकेट
१८
प्रतिश जिसी
अलराउण्डर प्रतिश जिसी
खेल
१०
रन
उच्च स्कोर
विकेट
रोहितकुमार पौडेल
अलराउण्डर रोहितकुमार पौडेल
खेल
४९
रन
११०८
उच्च स्कोर
६१
विकेट
सागर ढकाल
बलर सागर ढकाल
खेल
विकेट
सन्दीप जोरा
ब्याट्समेन सन्दीप जोरा
खेल
३०
रन
३८७
उच्च स्कोर
५६
सोमपाल कामी
बलर सोमपाल कामी
खेल
६५
रन
३१५
उच्च स्कोर
४०
विकेट
५८
सन्दीप लामिछाने
बलर सन्दीप लामिछाने
खेल
५२
रन
६४
उच्च स्कोर
१६
विकेट
९८

खेल तालिका

क्यानडा क्यानडा
१८३/७ (२० overs)
win
VS
नेपाल नेपाल
१२०/१० (१९.३ overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
Warmup
क्यानडाले नेपाललाई ६३ रनले हरायो
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
१०९/४ (१८.४ overs)
win
VS
नेपाल नेपाल
१०६/१० (१९.२ overs)
ग्रान्ड प्रेरी स्टेडियम, टेक्सास
समूह चरण
नेदरल्यान्ड्स ६ विकेटले विजयी
श्रीलंका श्रीलंका
VS
नेपाल नेपाल
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
वर्षाका कारण खेल रद्द
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
११५/७ (२० overs)
win
VS
नेपाल नेपाल
११४/७ (२० overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
समूह चरण
दक्षिण अफ्रिका १ रनले विजयी
बंगलादेश बंगलादेश
१०६/१० (१९.३ overs)
win
VS
नेपाल नेपाल
८५/१० (१९.२ overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
समूह चरण
बंगलादेश २१ रनले विजयी