शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानको यो सातौँ सहभागिता हो । यसअघि अफगानिस्तानले टी–२० विश्वकपको ६ वटा संस्करण खेलिसकेको छ । अफगानिस्तानले सन् २०१० मा वेस्ट इन्डिजमा सम्पन्न तेस्रो संस्करणदेखि प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । 

आफ्नो पहिलो सहभागितामा अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । अफगानिस्तान समूहगत चरणको दुवै खेलमा पराजित भएको थियो । टी–२० विश्वकपमा नेदरल्यान्ड्सको उत्कृष्ट प्रदर्शन ‘सुपर–१०’ चरण हो ।  

अफगानिस्तान सन् २०१६ मा भारतमा सम्पन्न टी–२० विश्वकपको ‘सुपर–१०’ चरणमा प्रवेश गरेको थियो । त्यतिबेला अफगानिस्तान ‘सुपर–१०’ चरणको समूह ‘एक’ मा परेको थियो । उक्त समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका पनि थिए ।

अफगानिस्तानले ‘सुपर–१०’ चरण एउटा खेलमात्र जित्न सकेको थियो । अफगानिस्तानको समूहबाट वेस्ट इन्डिज र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका थिए । अफगानिस्तानले टी–२० विश्वकपमा हालसम्म कुल २२ खेल खेलेको छ । त्यसमध्ये अफगानिस्तान सात खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । 

टी–२० विश्वकप सहभागिता : तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

अफगानिस्तानको टोली : रासिद खान (कप्तान), रहमनुल्लाह गुरबाज, इब्राहिम जदरान, अजमतुल्लाह ओमरजाई, नजिबुल्लाह जदरान, मोहम्मद इसाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करिम जनत, ननग्याल, खारोती, मजिब उर रहमान, नुर अहमद, नविन उल हक, फजालहक फारुकी र फरिद अहमद मलिक रहेका छन् । 

नवौँ विश्वकपमा अफगानिस्तान : समूह ‘सी’ अफगानिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, पपुवा न्यु गिनी र युगान्डा ।

जुन ३ : अफगानिस्तानविरुद्ध युगान्डा

जुन ७ : अफगानिस्तानविरुद्ध न्युजिल्यान्ड

जुन १३ : अफगानिस्तानविरुद्ध पपुवा न्यु गिनी

जुन १७ : अफगानिस्तानविरुद्ध वेस्ट इन्डिज

खेल तालिका

अफगानिस्तान अफगानिस्तान
१८३/५ (२० overs)
win
VS
युगान्डा युगान्डा
५८/१० (१६ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
अफगानिस्तान १२५ रनले विजयी
न्युजिल्याण्ड न्युजिल्याण्ड
७५/१० (१५.२ overs)
VS
अफगानिस्तान अफगानिस्तान
१५९/६ (२० overs)
win
प्रोभिडेन्स स्टेडियम, गुयना
समूह चरण
अफगानिस्तान ८४ रनले विजयी
अफगानिस्तान अफगानिस्तान
१०१/३ (१५.१ overs)
win
VS
पपुवा न्युगिनी पपुवा न्युगिनी
९५/१० (१९.५ overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
समूह चरण
अफगानिस्तान ७ विकेटले विजयी
वेस्ट इन्डिज वेस्ट इन्डिज
२१८/५ (२० overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
११४/१० (१६.२ overs)
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
समूह चरण
वेस्ट इन्डिज १०४ रनले विजयी
अफगानिस्तान अफगानिस्तान
१३४/१० (२० overs)
VS
भारत भारत
१८१/८ (२० overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
सुपर ८
भारत ४७ रनले विजयी
अफगानिस्तान अफगानिस्तान
१४८/६ (२० overs)
win
VS
अस्ट्रेलिया अस्ट्रेलिया
१२७/१० (१९.२ overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
सुपर ८
अफगानिस्तान २१ रनले विजयी
अफगानिस्तान अफगानिस्तान
११५/५ (२० overs)
win
VS
बंगलादेश बंगलादेश
१०५/१० (१७.५ overs)
अर्नोस भेल स्टेडियम, सेन्ट भिनसेन्ट
सुपर ८
अफगानिस्तान ८ रनले विजयी (DLS मेथड)
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
६०/१ (८.५ overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
५६/१० (११.५ overs)
ब्रायन लारा क्रिकेट एकेडेमी, ट्रिनिडाड एन्ड टोबागो
सेमिफाइनल
दक्षिण अफ्रिका ९ विकेटले विजयी