सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

आईसीसी च्याम्पियन्स ट्रफीमा भारत

भारतले च्याम्पियन्स ट्रफीमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । च्याम्पियन्स ट्रफीमा भारतको यो नवौँ सहभागिता हो । भारतले हालसम्म दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । च्याम्पियन्स ट्रफीको इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने भारत दोस्रो टोली हो । 

भारतले सन् २००२ मा आयोजित तेस्रो संस्करणको उपाधि चुमेको थियो । त्यतिबेला आयोजक श्रीलंका र भारत प्रतियोगिताको फाइनलमा पुगेका थिए । फाइनल खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि अर्को दिन फाइनल खेल राखिएको थियो ।

दोस्रो दिनको फाइनल खेल पनि वर्षाका कारण रद्द भएपछि भारत र श्रीलंकालाई संयुक्त रुपमा विजेता घोषित गरिएको थियो । च्याम्पियन्स ट्रफीको इतिहासमा दुईवटा राष्ट्रलाई संयुक्त रुपमा विजेता घोषित गरिएको यो पहिलो पटक थियो ।

च्याम्पियन्स ट्रफीमा भारतले पहिलो उपाधि चुम्दा सौरभ गांगुली कप्तान थिए । टोलीमा राहुल द्रविड, सचिन तेन्दुल्कर, युवराज सिंह, मोहम्मद कैफ, हरभजन सिंह, जहिर खान, अजित अगारकर, जवागल श्रीनाथजस्ता प्रभावशाली खेलाडी थिए । 

यसैगरी, सन् २०१३ मा भारतले दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको थियो । सन् २०१३ मा सातौँ संस्करण इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यतिबेला भारतले फाइनलमा आयोजक इङ्ल्यान्डलाई पाँच रनले हराउँदै उपाधि हात पारेको थियो । 

त्यतिबेला भारतीय टोलीका कप्तान थिए, महेन्द्रसिंह धोनी । टोलीमा रोहित शर्मा, विराट कोहली, शिखर धवन, दिनेश कार्तिक, सरेश रैना, रविभन्द्र जडेजा, रविचन्द्रन आश्विन, भुवनेश्वर कुमार, इशान्त शर्मा, उमेश यादवलगायतका प्रभावशाली खेलाड थिए ।

यसका अतिरिक्त, सन् २००० मा आयोजित च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण र सन् २०१७ मा आयोजित आठौँ संस्करणमा पनि भारत फाइनलसम्म पुगेको थियो । भारतीय टोली सन् २००० को फाइनलमा न्युजिल्यान्डसँग चार विकेटले र सन् २०१७ को फाइनलमा पाकिस्तानसँग एक सय ८० रनले पराजित भएको थियो । 

० भारतको सहभागिता : सन् १९९८, सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००९, सन् २०१३, सन् २०१७ र सन् २०२५ । 

० सबैभन्दा ठुलो उपलब्धि : सन् २००२ मा विजेता (श्रीलंकासँगै संयुक्त) र सन् २०१३ मा विजेता ।

टी-२० विश्वकप

भारतले नवौँ पटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाउन लागेको हो । भारतले पहिलो संस्करणदेखि नै नियमित रूपमा प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । भारत टी–२० विश्वकपको पहिलो संस्करणको विजेता पनि हो ।

पहिलो संस्करणको फाइनलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई पाँच रनले हराएको थियो । यसदेखि बाहेक भारत सन् २०१४ मा सम्पन्न पाँचौँ संस्करणमा पनि फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा भारतीय टोली श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । 

भारतले हालसम्म टी–२० विश्वकपमा कुल ४४ खेल खेलेको छ । त्यसमध्ये भारत २७ खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेल अनिर्णीत रूपमा टुङ्गिएको छ । 

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

भारतको टोली : रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज । 

खेल तालिका

भारत भारत
९७/२ (१२.२ overs)
win
VS
आयरल्याण्ड आयरल्याण्ड
९६/१० (१६ overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
भारत ८ विकेटले विजयी
भारत भारत
११९/१० (१९ overs)
win
VS
पाकिस्तान पाकिस्तान
११३/७ (२० overs)
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
भारत ६ रनले विजयी
अमेरिका अमेरिका
११०/८ (२० overs)
VS
भारत भारत
१११/३ (१८.२ overs)
win
नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम, न्यूयोर्क
समूह चरण
भारत ७ विकेटले विजयी
भारत भारत
VS
क्यानडा क्यानडा
सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियम, फ्लोरिडा
समूह चरण
वर्षाका कारण खेल रद्द
अफगानिस्तान अफगानिस्तान
१३४/१० (२० overs)
VS
भारत भारत
१८१/८ (२० overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
सुपर ८
भारत ४७ रनले विजयी
भारत भारत
१९६/५ (२० overs)
win
VS
बंगलादेश बंगलादेश
१४६/८ (२० overs)
सर भिभियन रिचर्डस स्टेडियम, एन्टिगुआ एन्ड बर्बुडा
सुपर ८
भारत ५० रनले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
१८१/७ (२० overs)
VS
भारत भारत
२०५/५ (२० overs)
win
ड्यारेन सामी क्रिकेट स्टेडियम, सेन्ट लुसिया
सुपर ८
भारत २४ रनले विजयी
भारत भारत
१७१/७ (२० overs)
win
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१०३/१० (१६.४ overs)
प्रोभिडेन्स स्टेडियम, गुयना
सेमिफाइनल
भारत ६८ रनले विजयी
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१६९/८ (२० overs)
VS
भारत भारत
१७६/७ (२० overs)
win
केन्सिङ्टन ओभल स्टेडियम, बार्बाडोस
फाइनल
भारत ७ रनले विजयी