शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
cover-story
टेक्सास

ग्रान्ड प्रेरी स्टेडियम

ग्रान्ड प्रेरी स्टेडियम अमेरिकाको टेक्सासमा रहेको छ । यो स्टेडियमको पुरानो नाम ‘क्विक ट्रिप पार्क तथा दी बलपार्क’ रहेको थियो । यो स्टेडियमको उद्घाटन सन् २००८ मा गरिएको थियो । यो स्टेडियम १५ हजार दर्शक क्षमताको रहेको छ । 

पहिले यो स्टेडियम अमेरिकी व्यावसायिक बेसबल संघमा टेक्सास एयरहग्स क्लबको घरेलु मैदान थियो । सन् २००८ देखि सन् २०१९ सम्म बेसबल क्लब एयरहग्सले यो स्टेडियमलाई आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गरेको थियो । 

यसका अतिरिक्त यो स्टेडियम अमेरिकी सकर लिगका लागि पनि प्रयोग गरिन्थ्यो । सन् २०२० पछि मात्र यो स्टेडियममा क्रिकेट खेल्न थालिएको हो । यो स्टेडियममा त्यसपछि मात्र क्रिकेटको पूर्वाधार विकास गरिएको हो । 

ग्रान्ड प्रेरी स्टेडियममा क्रिकेटको पूर्वाधार विकास गर्न दुई करोड अमेरिकी डलर खर्च भएको थियो । सुरुमा यो स्टेडियममा घरेलु टी–२० क्रिकेट लिग आयोजना गरिन्थ्यो । पछिल्लो समय अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीले पनि यो स्टेडियमलाई आफ्नो अभ्यास स्थलको रूपमा प्रयोग गर्दै आएको छ । 

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा यो स्टेडियममा समूहगत चरणको चारवटा खेल खेलाउने कार्यक्रम रहेको छ । नेपालले पनि यो स्टेडियममा आफ्नो एउटा खेल खेल्नेछ । यसका अतिरिक्त टेस्ट राष्ट्र पाकिस्तान, श्रीलंका र बंगलादेशले पनि एक–एक खेल खेल्नेछन् । 

आगामी विश्वकपमा यो स्टेडियममा अमेरिका र क्यानडाबिच जुन १ तारिखमा पहिलो खेल खेलिने छ । यसका अतिरिक्त जुन ४ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच दोस्रो खेल, जुन ६ तारिखमा पाकिस्तान र अमेरिकाबिच तेस्रो खेल तथा जुन ७ तारिखमा बंगलादेश र श्रीलंकाबिच चौथो खेल खेलिने छ ।

खेल तालिका