बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
cover-story
सेन्ट भिनसेन्ट

अर्नोस भेल स्टेडियम

अर्नोस भेल स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो । यो स्टेडियम किङ्सटाउको सेन्ट भिनसेन्टमा रहेको छ । यो स्टेडिय १८ हजार दर्शक क्षमताको छ । यो स्टेडियमका क्रिकेटका अतिरिक्त अन्य खेल पनि खेलाइन्छ । 

खासगरी क्रिकेट र फुटबल खेलका लागि यो स्टेडियम बढी प्रयोग गरिन्छ । सन् १९८१ को फेब्रुअरी ४ तारिखमा यो स्टेडियममा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । त्यो एकदिवसीय अन्तर्राष्ट्रिय खेल वेस्ट इन्डिज र इङ्ल्यान्डबिच खेलिएको थियो । 

त्यो खेलमा वेस्ट इन्डिज केवल दुई रनले विजयी भएको थियो । यो स्टेडियममा वेस्ट इन्डिज र श्रीलंकाबिच सन् १९९७ मा पहिलो पटक टेस्ट क्रिकेट खेलाइएको थियो । उक्त टेस्ट बराबरीमा सकिएको थियो । 

यसैगरी सन् २००९ मा यो स्टेडियममा दोस्रो पटक टेस्ट क्रिकेट खेलिएको थियो । त्यो खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ९५ रनले हराएको थियो । त्यसैले यो स्टेडियम बंगलादेशका लागि विशेष पनि छ । यही स्टेडियममा बंगलादेशले पहिलो पटक टेस्ट क्रिकेट जितेको हो । 

वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको विवादका कारण बंगलादेशविरुद्धको उक्त टेस्टमा क्यारेबियन टोलीका अधिकांश सिनियर खेलाडी अनुपस्थित थिए । त्यसैले पनि त्यो खेलमा वेस्ट इन्डिजको टोली बंगलादेशसँग पराजित भएको थियो । 

यो स्टेडियममा हालसम्म विश्वकपका खेलहरू खेलाइएको छ । आगामी जुनमा आयोजना हुने टी–२० विश्वकपमा यो रंगशालामा पाँचवटा खेल खेलाइने छ । समूहगत चरणको तीन र सुपर–८ चरणको दुईवटा खेल यो स्टेडियममा खेलिने छ ।

यही स्टेडियममा नेपाली टोलीले पनि आफ्नो दुई खेल खेल्ने कार्यक्रम रहेको छ । नेपालले जुन १५ तारिखमा दक्षिण अफ्रिकासँग र जुन १७ तारिखमा बंगलादेशसँग यो स्टेडियममा भिडन्त गर्नेछ । 

खेल तालिका