च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले पनि सन् १९९८ मा आयोजित पहिलो संस्करणदेखि नै निरन्तर रुपमा च्याम्पियन्स ट्रफीमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाको यो लगातार नवौँ सहभागिता हो ।
दक्षिण अफ्रिकाले हालसम्म एकपटक च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ । अस्ट्रेलियाले सन् १९९८ मा सम्पन्न पहिलो संस्करणकै उपाधि कुम्ल्याएको थियो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा दक्षिण अफ्रिका ऐतिहासिक टोली पनि हो ।
उक्त संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई चार विकेटले हराउँदै उपाधि हात पारेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा आयोजित सिनियर स्तरको ठुला प्रतियोगिताहरुमा दक्षिण अफ्रिकाले जितेको यो एकमात्र उपाधि पनि हो ।
त्यतिबेला दक्षिण अफ्रिकी टोलीको कप्तान थिए, हेन्सी क्रोनिए । फाइनलमा टोलीलाई विजयी बनाउन उनले उत्कृष्ट अर्धशतकीय पाली पनि खेलेका थिए । कप्तान क्रोनिएले फाइनलमा अविजित ६१ रन बनाएका थिए । फाइनलमा क्रोनिएले दुई विकेट पनि लिएका थिए ।
दक्षिण अफ्रिकी टोलीका अन्य खेलाडीमा ड्यारल कलिनन, माइक रिन्डल, मार्क बाउचर, ज्याक्स कालिस, जोन्टी रोड्स, डेल बेनकेन्सटिन, डेरेक क्रुक्स, निकी बोए, प्याट साइमक्स, स्टिभ एलवर्थीलगायतका प्रभावशाली खेलाडी सहभागी थिए ।
प्रभावशाली खेलाडी ज्याक्स कालिस फाइनलको प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज घोषित भएका थिए । यसदेखि वाहेक दक्षिण अफ्रिकी टोली कुनै पनि संस्करणको फाइनलसम्म पनि पुग्न सकेको छैन ।
० दक्षिण अफ्रिकाको सहभागिता : सन् १९९८, सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००९, सन् २०१३, सन् २०१७ र सन् २०२५ ।
० सबैभन्दा ठुलो उपलब्धि : सन् १९९८ मा आयोजित पहिलो संस्करणको विजेता ।
टी-२० विश्वकप
दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकपमा पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो नवौँ सहभागिता हो । दक्षिण अफ्रिकाले हालसम्म एकपटक पनि टी–२० विश्वकपको उपाधि चुम्न सकेको छैन ।
टी–२० विश्वकपमा दक्षिण अफ्रिका हालसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसअघि दुईपटक दक्षिण अफ्रिका सेमिफाइनलसम्म भने पुगेको थियो । दक्षिण अफ्रिकी टोली सन् २००९ र सन् २०१४ मा सेमिफाइनलमा पुगेको थियो ।
सन् २००९ को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई पाकिस्तानले सात रनले हराएको थियो । त्यसपछि सन् २०१४ को विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकी टोलीलाई भारतले ६ विकेटले पराजित गरेको थियो ।
आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले हालसम्म कुल ४० खेल खेलेको छ । त्यसमध्ये २४ खेलमा दक्षिण अफ्रिकी टोली विजयी भएको छ । १५ खेलमा भने दक्षिण अफ्रिका पराजित भएको छ । बाँकी एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
टी–२० विश्वकप सहभागिता :पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४
दक्षिण अफ्रिकाको टोली :एडिन मारक्रम (कप्तान), ओटनिल बार्टम्यान, जेराल्ड कोट्जी, क्विन्टन डी काक, बोर्न फोर्टान, रिजा हेन्ड्रिक्स, मार्को जान्सेन, हनरिच क्लासन, केशव महाराज, डेभिड मिल्लर, एनरिच नोर्जी, कागिसो राबडा, रायन रिकेल्टन, टाबरिज सामसी र ट्रिस्टन स्टब्स ।