शनिबार, ३० चैत २०८१
ताजालोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्याम्पियन्स ट्रफीमा अस्ट्रेलिया  

अस्ट्रेलियाले सन् १९९८ मा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करणदेखि नै निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ । त्यसैले च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको यो लगातार नवौँ सहभागिता हो ।  

अस्ट्रेलिया लगातार दुईपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको उपाधि जित्न पाँचौँ संस्करणसम्म प्रतीक्षा गर्नुपरेको थियो । 

प्रतियोगिताको पाँचौँ संस्करण सन् २००६ मा भारतमा आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा अस्ट्रेलियन टोलीले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा आठ विकेटले हराउँदै उपाधि जितेको थियो । 

त्यतिबेला रिकी पोन्टिङको कप्तानीमा अस्ट्रेलियाले उपाधि चुमेको थियो । अस्ट्रेलियन टोलीमा एडम गिलक्रिस्ट, शेन वाट्सन, ड्यामियन मार्टिन, माइकल हसी, एन्ड्र्यू सायमन्ड्स, माइकल क्लार्क, ब्रेट ली, ब्राड हज, नाथन ब्राकेन, ग्लेन म्याग्रालगायत क्षमतावान् खेलाडी सहभागी थिए ।

उक्त संस्करणको फाइनलमा अस्ट्रेलियालाई जित दिलाउन ओपनर ब्याट्सम्यान शेन वाट्सनले अविजित ५७ रन बनाएका थिए । उनले दुई विकेट पनि लिएका थिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए । 

यसैगरी, च्याम्पियन्स ट्रफीको छैटौँ संस्करण सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । उक्त संस्करणको उपाधि पनि अस्ट्रेलियाले नै जितेको थियो । त्यो संस्करणको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएको थियो ।

यसरी अस्ट्रेलिया लगातार दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एक मात्र राष्ट्र र दुई पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो राष्ट्र पनि बनेको थियो । दोस्रो पटक उपाधि जित्दा पनि अस्ट्रेलियन टोलीका कप्तान रिकी पोन्टिङ नै थिए ।

यसपटक अस्ट्रेलियन टोलीमा शेन वाट्सन, टिम पाइन, क्यामरन ह्वाइट, माइकल हसी, जेम्स होप्स, कलुम फर्गुसन, मिचेल जोन्सन, ब्रेट ली, नाथन हाउरिट्ज, पिटर सिडललगायतका खेलाडी सहभागी थए । 

फाइनलमा शेन वाट्सनले अविजित एक सय पाँच रन बनाएका थिए । क्यामरन ह्वाइटले पनि ६२ रनको योगदान गरेका थिए । वाट्सन प्लेयर अफ दि म्याच र कप्तान रिकी पोन्टिङ प्लेयर अफ दि सिरिज घोषित भएका थिए । 

यसरी वाट्सन च्याम्पियन्स ट्रफीको फाइनलमा लगातार दुईपटक प्लेयर अफ दि म्याच घोषित हुने पहिलो खेलाडी बनेका थिए । यसदेखि बाहेक अस्ट्रेलियन टोली च्याम्पियन्स ट्रफीको फाइनलसम्म पनि पुग्न सकेको छैन । 

० अस्ट्रेलियाको सहभागिता : सन् १९९८, सन् २०००, सन् २००२, सन् २००४, सन् २००६, सन् २००९, सन् २०१३, सन् २०१७ र सन् २०२५ । 

० सबैभन्दा ठुलो उपलब्धि : सन् २००६ मा आयोजित पाँचौँ संस्करण र सन् २००९ मा आयोजित छैटौँ संस्करणको विजेता । 

टी-२० विश्वकप

अस्ट्रेलियाले पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएको छ । टी–२० विश्वकपमा अस्ट्रेलियाको यो नवौँ सहभागिता हो । एकदिवसीय विश्वकपको सर्वाधिक सफल राष्ट्र अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि भने एकपटक मात्र जितेको छ ।

अस्ट्रेलियाले सन् २०२१ मा सम्पन्न सातौँ संस्करणको उपाधि जितेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा संयुक्त रूपमा आयोजित उक्त विश्वकपको फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । 

यसदेखि बाहेक अस्ट्रेलिया सन् २०१० मा सम्पन्न तेस्रो टी–२० विश्वकपमा पनि फाइनलसम्म पुगेको थियो । त्यतिबेला अस्ट्रेलियन टोलीलाई फाइनलमा इङ्ल्यान्डले सात विकेटले पराजित गरेको थियो । अन्य संस्करणमा अस्ट्रेलियाले उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन ।

अस्ट्रेलियाले हालसम्म टी–२० विश्वकपमा कुल ४० खेल खेलिसकेको छ । त्यसमध्ये २५ खेलमा अस्ट्रेलियन टोली विजयी भएको छ । बाँकी १५ खेलमा भने अस्ट्रेलियन टोली पराजित भएको छ । टी–२० विश्वकपमा अस्ट्रेलियन टोलीको जितको प्रतिशत ६२.५० रहेको छ । 

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

अस्ट्रेलियाको टोली : मिचेल मार्स (कप्तान), एस्टन अगर, प्याट कुमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रिन, जस हेजलउड, ट्राभिस हेड, जस इङ्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कुस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा ।

खेलाडीहरु

एडम जाम्पा
बलर एडम जाम्पा
खेल
७३
विकेट
८२
उत्कृष्ट बलिङ
५/१९
एलेक्स केरी
किपर एलेक्स केरी
खेल
७१
रन
१८१४
उच्च स्कोर
१०६
मार्नस लाम्बुसेन
अलराउण्डर मार्नस लाम्बुसेन
खेल
३८
रन
१२६८
उच्च स्कोर
१२४
विकेट
उत्कृष्ट बलिङ
२/१९
क्यामरुन ग्रीन
अलराउण्डर क्यामरुन ग्रीन
खेल
२०
रन
३७९
उच्च स्कोर
८९
विकेट
१६
उत्कृष्ट बलिङ
५/३३
डेभिड वार्नर
ब्याट्समेन डेभिड वार्नर
खेल
१५१
रन
६४३८
उच्च स्कोर
१७९
ग्लेन म्याक्सवेल
अलराउण्डर ग्लेन म्याक्सवेल
खेल
१२९
रन
३४९५
उच्च स्कोर
१०८
विकेट
६४
उत्कृष्ट बलिङ
४/४०
जोस हेजलवुड
बलर जोस हेजलवुड
खेल
७६
विकेट
१२०
उत्कृष्ट बलिङ
६/५२
जोस इङ्लिस
ब्याट्समेन जोस इङ्लिस
खेल
रन
१४३
उच्च स्कोर
५०
मार्कस स्टोइनिस
अलराउण्डर मार्कस स्टोइनिस
खेल
६४
रन
१४००
उच्च स्कोर
१४६
विकेट
४४
उत्कृष्ट बलिङ
३/१६
मिचेल स्टार्क
बलर मिचेल स्टार्क
खेल
१११
विकेट
२२०
उत्कृष्ट बलिङ
६/२८
मिचेल मार्स
अलराउण्डर मिचेल मार्स
खेल
७९
रन
२२३१
उच्च स्कोर
१०२
विकेट
५४
उत्कृष्ट बलिङ
५/३३
प्याट कमिन्स
बलर प्याट कमिन्स
खेल
७७
विकेट
१२६
उत्कृष्ट बलिङ
५/७०
सन एबट
अलराउण्डर सन एबट
खेल
१७
रन
२२८
उच्च स्कोर
५४
विकेट
२०
उत्कृष्ट बलिङ
३/२३
स्टीभ स्मिथ
ब्याट्समेन स्टीभ स्मिथ
खेल
१४५
रन
५०५४
उच्च स्कोर
१६४
ट्राभिस हेड
ब्याट्समेन ट्राभिस हेड
खेल
५८
रन
२०६४
उच्च स्कोर
१५२

खेल तालिका

भारत भारत
२०१/४ (४१.२ overs)
win
VS
अस्ट्रेलिया अस्ट्रेलिया
१९९/१० (४९.३ overs)
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
समूह चरण
भारत ६ विकेटले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
१७७/१० (५० overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
३११/७ (५० overs)
win
बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम, लखनउ
समूह चरण
दक्षिण अफ्रिका १३४ रनले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
२१५/५ (३५.२ overs)
win
VS
श्रीलंका श्रीलंका
२०९/१० (४३.३ overs)
बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम, लखनउ
समूह चरण
अस्ट्रेलिया ५ विकेटले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
३६७/९ (५० overs)
win
VS
पाकिस्तान पाकिस्तान
३०५/१० (४५.३ overs)
एम. चिन्नास्वामी स्टेडियम, बैंगलौर
समूह चरण
अस्ट्रेलिया ६२ रनले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
३९९/८ (५० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
९०/० (२१ overs)
अरुण जेट्ली स्टेडियम, नयाँ दिल्ली
समूह चरण
अस्ट्रेलिया ३०९ रनले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
३८८/१० (४९.२ overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
३८३/९ (५० overs)
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियम, धर्मशाला
समूह चरण
अस्ट्रेलिया ५ रनले विजयी
इंग्ल्याण्ड इंग्ल्याण्ड
२५३/१० (४८.१ overs)
VS
अस्ट्रेलिया अस्ट्रेलिया
२८६/१० (४९.३ overs)
win
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
समूह चरण
अस्ट्रेलिया ३३ रनले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
२९३/७ (४६.५ overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
२९१/५ (५० overs)
वानखेड स्टेडियम, मुम्बई
समूह चरण
अस्ट्रेलिया ३ विकेटले विजयी
अस्ट्रेलिया अस्ट्रेलिया
३०७/२ (४४.४ overs)
win
VS
बंगलादेश बंगलादेश
३०६/८ (५० overs)
महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणे
समूह चरण
अस्ट्रेलिया ८ विकेटले विजयी
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
२१२/१० (४९.४ overs)
VS
अस्ट्रेलिया अस्ट्रेलिया
२१५/७ (४७.२ overs)
win
इडेन गार्डेन्स, कोलकाता
सेमिफाइनल
अस्ट्रेलिया ३ विकेटले विजयी
भारत भारत
२४०/१० (५० overs)
VS
अस्ट्रेलिया अस्ट्रेलिया
२४१/४ (४३ overs)
win
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
फाइनल
अस्ट्रेलिया ६ विकेटले विजयी