केन्द्रीय संस्करण

प्रदेश ७

दैलेखमा भत्काइए २४१ छाउगोठ access_timeमाघ ९, २०७६

दैलेख । गृहमन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो ।  जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ...

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु access_timeमाघ ८, २०७६

कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार ब...

डडेल्धुरामा भत्काइयो २३ छाउगोठ access_timeमाघ ८, २०७६

दुई सातादेखि डडेल्धुरामा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ । प्रहरीले छाउ गोठ भएनभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ ।   जिल्ला प्रहरी कार्य...

गाउँपालिका कार्यालयमा आगजनी र बम फेला access_timeमाघ ८, २०७६

बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको  मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाल...

तस्करले थापेको पासोमा चितुवा परेपछि... access_timeमाघ ८, २०७६

कञ्चनपुर । तस्करले थापेको पासो (धराप) मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीच...

गाउँपालिका कार्यालयमा आगजनी, नेकपाका जिल्ला अध्यक्षको घरमा बम access_timeमाघ ८, २०७६

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात  समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो ।  यस्तै गाउँपालिकाको म१च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको ...

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित भयो:  मन्त्री ढकाल access_timeमाघ ७, २०७६

बैतडी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र प्रभावित बनेको बताएका छन्  । आज बैतडीको पाटन नगरपालिका–८ स्थित खोडपेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्यचौकी भवन उद्घाटन समारोहमा उनले समायोजनले गर्दा अहिले विभिन्न स्वास्थ्य संस्थाह...

छाउपडी प्रथा अन्त्यका लागि १० बुँदे घोषणापत्र जारी access_timeमाघ ७, २०७६

अछाम । छाउपडी प्रथा अन्त्य तथा मर्यादित महिनावरी प्रबर्धन गर्नका लागि १३ बुँदे घोषणापत्र जारी भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ लगायतको टोलीद्वारा अछाम जिल्लामा पुगेर १३ बुँदे घोषणा पत्र जारी गरेका हुन् ।  छाउपडी प्रथाले अन्तर्रा...

डोटीका तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ access_timeमाघ ७, २०७६

डोटी । प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।  सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीन...

स्वास्थ्यमन्त्री ढकालद्वारा डडेल्धुरा अस्पताल निरीक्षण access_timeमाघ ७, २०७६

डडेल्धुरा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले डडेल्धुरा अस्पतालको आज निरीक्षण गरेका छन् । सो अवसरमा उनले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र औषधिका बारेमा जानकारी लिनुभएको अस्पतालका प्रमुख मेडिकल अधिकृत डा.जगदिशचन्द्र विष्टले जानकारी दिए । मन्त्री &nb...

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु access_timeमाघ ६, २०७६

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नं को ट्रकले प्रदेश न २–०३००४ प ९६११ नं को मोटरसाइकललाई ठक्कर दिँदा वडा नं–६ का ३६ वर्ष...

चरेससहित वडा सदस्य पक्राउ access_timeमाघ ६, २०७६

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–९ गैरी बजारमा आइतबार राति डेढकिलो चरेससहित एक वडा सदस्यसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर चरेससहित दुई जनालाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टाईका अन...

छाउपडी प्रथा सिङ्गो देशको समस्या : मन्त्री गुरुङ access_timeमाघ ६, २०७६

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले छाउपडी गोठ सुदूरपश्चिम र कर्णाली प्रदेशको मात्र नभई सिङ्गो देशको समस्या भएको बताएका छन् । सदरमुकाम मङ्गलसैनमा भएको छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियान कार्यक्रममा उनले छाउपडी गोठको सम...

बैतडीमा वडाध्यक्षको निधन access_timeमाघ ६, २०७६

बैतडी । डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको आज निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । मुटु र फोक्सो सम्बन्धी बिरामी रहनुभएका बोहराको आज मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तार...

अपाङ्गता भएका व्यक्तिलाई भत्ता अपुग access_timeमाघ ६, २०७६

–मानदत्त रावल  जुम्ला । माघ महिनाको चिसो सिरेटो । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको सहारामा ह्विलचेयरमा निस्कनु हुन्छ हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ । घरदेखि वरपर जान नसक्ने भएपछि दुई वर्षदेखि उनले घरको आँगनमै दि...

छाडा पशु चौपाय व्यवस्थापन गर्न प्रदेश सरकारले ल्यायो कार्यविधि access_timeमाघ ६, २०७६

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपाय व्यवस्थापन गर्न कार्यविधि बनाएको छ । प्रदेश सरकारको सोमबार सबेको मन्त्रिपरिषद्को बैठकले सामुदायिक छाडा पशु कल्याण प्रवर्द्धन गर्न गौशाला निर्माण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको हो । भूमि ...

केही मन्त्री लगाम बिनाको घोडाजस्ता भए : रावल access_timeमाघ ६, २०७६

कैलाली । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री लगाम बिनाको घोडाजस्ता भएको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको पाँचौं बैठकलाई सम्बोधन गर्दै उनले केही मन्त्रीहरु जनताप्र...

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा access_timeमाघ ६, २०७६

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात  रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् ।  तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी...

छाउपडी प्रथा अन्त्य गर्नुपर्छ: मन्त्री गुरुङ access_timeमाघ ५, २०७६

डोटी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुगेका उनले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्न...

छाउपडी प्रथा हटाउनेबारे संघ र प्रदेशका मन्त्रीबीच छलफल access_timeमाघ ४, २०७६

 सङ्घीय सरकारका मन्त्री र सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीबीच आज यहाँ सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको अन्त्य गर्ने विषयमा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको छलफलमा छाउपडी प्रथा हटाउन तीनवटै तहका सरकारले संयुक्त रुपमा पह...

Page 1 of 55