पुण्य कार्की

दुई लघुकथा access_timeमंसिर ३, २०७९

किर्तनरामको मृत्यु  नाम त उसलाई जन्मिँदै बाउआमाले किर्तनराम दिएका हुन् । तर, रामको किर्तन भने कहिल्यै गाएन । उसकी आमा हरिकर्तनमा जाँदा सुत्केरी व्यथा लागेर जन्मेको कहावत छ । रामको किर्तन गाउँदा गाउँदै त्यसको प्रतापले जन्म लिएको कुरामा उसका बाबुआमा रत्तिभर...

कथा : रातको उपहार access_timeकात्तिक २६, २०७९

अजीव मानिस हुन् शार्दूलसिंह ।  देशको निम्ति उसको गर्जना शार्दूलमय छ । मातृभूमिको माटोको निम्ति उसको वफादारी तारिफयोग्य छ । राष्ट्रवादको गर्जना सिंहतुल्य भएकाले सायद उसलाई शार्दूलसिंह नाम दिइएको होला । उसलाई आफ्नो नाम अति मन पर्छ । हुन त उसको न्वारानको नाम ...

हावा कुरा access_timeकात्तिक १२, २०७९

‘हावा कुरा’ को विषयमा घोरिँदा एउटा फकिर र एक सामान्य मान्छेको संवाद याद आउँछ । एउटा सर्वसाधारण मानिसले एक ज्ञानी फकिरलाई सोध्यो– “संसारमा सबैभन्दा साह्रो चिज के हो ?” “ढुङ्गा” “ढुङ्गाभन्दा साह्रो के छ ?” ...

कथा : एक लडाकुको मनोलाप access_timeकात्तिक ५, २०७९

यतिखेर म अन्तर्राष्ट्रिय विमान स्थलको भित्री परिसरमा छु । यहाँको प्रतीक्षा कक्षमा छिरेको झण्डै एक घण्टा भइसक्यो । लगेज चेकिङको कुनै सुरसार छैन । आजको कतार उडान भर्ने विमान एक घण्टै ढिलो छ रे; यस्तै सूचना आएको छ भित्रबाट । हामी अधीरताका साथ उडानको घडी पर्खिरहेका छौँ । प्...

अँध्यारो आत्मा : ताम्फुङ्ना access_timeअसोज २२, २०७९

मान्छेलाई मनुष्यत्वबाट पतन गराउने कारक तत्व के होला ? भन्ने प्रश्नले कहिलेकाहीँ यो मगजलाई गिजोलिरहन्छ । जव जव कुनै न कुनै वृत्तमा मानिसहरुले अपार आस्था राखेका र श्रद्धा गरेका व्यक्तिहरु आफ्नो कर्मबाट स्खलित हुन पुग्छन्, आफ्नो धर्मबाट धराशायी बन्छन्, तव तव मलाई ताम्फुङ्ना ...

पिताजीका आप्त वाणीमा रुमलिँदा... access_timeअसोज ८, २०७९

​मेरा बयानब्बे वर्षका पिताजी कहिलेकाहीँ भन्ने गर्नुहुन्थ्यो, “बाबु ! यो बुढेसकाल सब चीजले छोड्दै छोड्दै लाँदो रहेछ । कालले शरीरको एक एक चिजलाई छिन्दै छिन्दै लाँदैछ ।” त्यतिखेर पिताजीका कुरा नबुझ्ने म पटमूर्ख रहेछु । मेरो लठुवा बुद्धिले के छिनेको हो ? ...

कथा : कामरेड शरणको शालीन कला access_timeअसोज १, २०७९

                                                                      &nbs...

कृषिवस्तुको आयातले नेपाली रकम ‘झ्वाम्मै’ access_timeभदौ १९, २०७९

नेपालको आर्थिक समृद्धिका तीन आधार भनेको कृषि, पर्यटन र जलसम्पदाको विकास नै हो । जलवायूको विविधता, भूगोल र प्रकृतिको विविधताले कृषि उत्पादनको विपुल सम्भावना छ यो देशमा भनिन्छ । तर आज हिमाल पहाडदेखि तराईसम्मका ऊर्वर फाँट बञ्जर बन्दैछन् । देशको ऊर्वर जनशक्ति विदेसिना...

हामी बताहाहरू access_timeभदौ ४, २०७९

यतिखेर चारैतिर बताहाहरूको बिगबिगी देखिरहेछु । बताहाहरूको सार्वभौम स्वभाव हो– बातमाथि बात गर्नु, काममाथि हात नपार्नु । बतासे बातवीरको व्याप्तिले परिवेशलाई कर्याप्प गाँजेको छ, अहिले यत्रतत्र सर्वत्र झुण्ड झुण्डमा गोलबन्द भएर बताहाहरू बातका खात लगाइरहेछन् । लाग्छ, य...

निबन्ध : फौजी कीराको हुलमा मानव कीरा ! access_timeसाउन १४, २०७९

जीवन अध्याँरोमा अधमरो तालले घस्रिरहेछ । उज्यालोको उत्सव अलाप्न यस जुनीमा पाउँछु कि पाउन्न, सन्देहको घेराभित्र उभिएको छु । रातदिन हरक्षण हरपल उज्यालोकै उपासना गरिरहेछु । मेरो निख्लो उपासनाले माखो समेत मरेको होइन । अँध्यारोको कालो सुरुङतिर छिरिरहेको छ देश ।  ...

जराको शक्ति access_timeसाउन ७, २०७९

जीवन बाहिर खोज्छौँ हामी । तर, जीवन जरामा छ । जीवनलाई हामी हमेसा पातमा खोज्छौँ । पतिङ्गरमा खोज्छौँ । हाँगामा हेर्छाँै । टुप्पामा देख्न खोज्छौँ । तर, जीवन बाहिर कहाँ यति सजिलै देखिन्छ र ! जीवनको मूल सारतत्व अदृश्य जरामा छोपिएको छ । माटो मुनिमुनि छोपिएको छ ।  ब...

जङ्गी नेताको राष्ट्रवाद access_timeअसार २५, २०७९

अहोरात्र राष्ट्रवादको खाँडो जगाइ नथाक्ने जङ्गी नेताको भान्साघरमा देखेँ, त्यहाँ बङ्गलादेशको गबी खेतमा फलेको बासमती चामलको भात मग्मगाएको छ । हाजीपुरमा फलेको भण्टाको तरुवा तयार छ । मधुवनीको पोखरीमा हुर्किएका सिल्भर माछा तारिएको छ । मुङ्गेरको महँगो मुङको दाल गलाइएको छ ...

नियात्रा : गोवा र पुनाको रोमाञ्चकारी यात्रा access_timeअसार ११, २०७९

यात्राको अनुरागले मेरो भित्री हृदयलाई लबालब ढाकिदिएको छ अर्थात् यात्रामा निस्कने भन्ने बित्तिकै मेरा ज्ञानेन्द्रिय त्यसैत्यसै चनाखा बन्छन् । आँखालाई अनेकन परिकल्पित दृश्यले उद्दीप्त पार्छन् । नासापुट नूतन जगत्को हावाको सुगन्ध पिउन उत्ताउलो बन्छ । मेरा कान अनन्तको ध्वनि सुन्न आतुर...

जीवनको तयारीमा मृत्यु ! access_timeजेठ २१, २०७९

अन्ततः हामी सबै बाँच्ने तयारी गर्दागर्दै मर्दा रहेछौँ । फेरि हाम्रो तयारी कहिल्यै  पुरा हुँदो रहेनछ । तयारीका अनेकौँ क्रम उपक्रमहरूको फेहरिस्तमा जाँदो रहेछ मानव मन । तयारी तयारीमा व्यस्त हुँदाहुँदै जाने घडी आउँदो रहेछ, त्यसको अलिकति पनि ज्ञान भए मान्छे अर्कै किसि...

निबन्ध : बङ्लङ बङ्लङ access_timeबैशाख २४, २०७९

सडकमा बेलगाम बङ्लङ बङ्बङ हिँडिरहेको छु म । आजका दिनसम्म कुनै सवारी साधन चलाउन सिकेको छैन । मैले न साईकल चलाउन सिकेँ, न मोटरसाइकल हाँक्न सिकेँ, न स्कुटर कुदाउन सिकेँ । केही पनि सिकिनँ । एकाधचोटि सिक्ने लेठो नगरेको होइन । तर जतिचोटि सिक्न कोसिस गरेँ, त्यति नै पट...

कथा : दन्त–बझान access_timeबैशाख ३, २०७९

गाउँ गाउँमा चुनावको सरगर्मी छाएको छ । टोल टोलमा पार्टी पार्टीको बीच प्रतिस्पर्धा चुलिएको छ । स्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच प्रेमिल र हार्दिक सम्बन्ध पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच कटुता र घृणाको सम्ब...

निबन्ध : मृत्युका प्रतीकहरू access_timeचैत २६, २०७८

जीवन धन । मृत्यु निधन ।  काहीँ कोही मान्छे मर्‍यो भने “फलानाको त निधन भो नि !” भन्ने गरिन्छ । मान्छेको मूल धनै श्वास हो । मूल पुँजी नै श्वास हो । शरीरमा श्वास चले धन । श्वास उम्केर गए निधन । फोक्सो र नासापुटमा श्वास चले जीवन । चल्न छोडे म...

निबन्ध : छरिएको जीवन access_timeचैत ५, २०७८

जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरूलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन्, समयका सूक्ष्म त्यान्द्रा–त्यान्द्री । एउटा मजबुत बिटो कस्न खोज्छु, त्यसमा ब...

निबन्ध : सालिकको चरो access_timeफागुन २१, २०७८

चतुरनाथले कपिल सिंहतिर औँल्याउँदै खिसी बोले– “कपिल सिंहको जीवनको करिष्मा सकियो !... रोगले च्याप्यो ! मुस्किलले जागिर धानिरहेका छन् ! घरदेखि अफिस, अफिसदेखि घरसम्मको यात्रा उनका लागि कठिन बनिरहेको छ । तर पनि सकी नसकी घस्रिरहेका छन् !” सबैतिरबा...

निबन्ध  : सुल्टो मरण access_timeफागुन ७, २०७८

कहिलेकाहीँ गाउँघरमा सुल्टो मरण र उल्टो मरणको विषयमा खुब चर्चा–परिचर्चा हुन्छ । हिजै मात्र चिरन्जीवी खपाङ्गी भाइको मृत्युको घटना सुनेँ । सुनाउने बहिनीले भनिन्, “उल्टो मरण भो दाइ ! परिवारको सबभन्दा कान्छो सदस्य । ऊ माथि बूढा बूढा चार भाइ दाजु थिए । तीनचार ...

कथा : रिङ्टोन access_timeमंसिर २५, २०७८

अघिदेखि टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! टुनुनु ऽऽऽ ऽऽ टुनुनु ऽऽऽ ऽऽ !! रिङ्टोन बजिरहेको छ आइफोनमा । ऊ भने एकैचोटि चारोटी केटी साथीहरूसित म्यासेन्जरमा च्याटिङमा व्यस्त छ । फोन बजिरहेको छ, मानौँ उसले त्यो आवाज सुनिरहेकै छैन । चौथो केटीलाई ‘डाइलग’ ...

कथा : अमल्ची access_timeभदौ २३, २०७८

खत्री मास्टरको लासमा उसको छोराले मुखाग्नि दिएपछि कुनै चिज झल्याँस्स सम्झेजस्तो गरी आफ्नै ज्याकेटका गोजी छाम्यो । अलग अलग गोजीबाट तीन बुक तास निकाल्यो र मृत बाउको सिरानमा राखिदियो । खत्री मास्टरलाई तासे मास्टरको उपनाम पनि दिएका थिए मान्छेहरूले । तासको भोगी नै थिए उ...