केन्द्रीय संस्करण

राजेश भण्डारी

बौद्ध हत्याकाण्ड : सीसीटीभीमा चार जनाले बोरामा हालेर खुट्टा फालेको देखियो access_timeजेठ २९, २०७८

काठमाडौं ।  काठमाडौंको बौद्धमा फेला परेको शवको खुट्टा कसको हो भन्ने खुल्न सकेको छैन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँ बस्तीस्थित नौ तलेमा जेठ २५ मा शवको खुट्टा फेला परेको थियो । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको छुट्टा छुट्टै टिमले घटनाक...

निषेधाज्ञामा अपराध : एक महिनामा २६५ महिला र बालबालिका पीडित access_timeजेठ २७, २०७८

काठमाडौं बौद्धस्थित नौतलेमा मंगलबार बोरामा प्याक गरेको अवस्थामा मान्छेको जलेको पैताला भेटियो । अन्यत्र जलाएर बाँकी बसेको भाग त्यहाँ ल्याएर फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जलेको पैतालाबाट मान्छे पहिचानमा सवैभन्दा ठुलो समस्या भएको बताउँछन् महानगरीय अपर...

संवैधानिक इजलास : तनावपूर्ण ४ घण्टा ४० मिनेट access_timeजेठ २४, २०७८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुवाईका लागि आइबार प्रधानन्यायाधीशले बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । तर, सत्तापक्षका वकिलहरुको बखेडाका कारण दिनभरिजसो इजलासमा तनावपूर्ण स्थिति रह्यो । बरिष्ठतालाई इजलास गठनको मापदण्...

संवैधानिक इजलास गठनमै किचलो : दुई न्यायाधीशलाई हट्न दबाब access_timeजेठ १६, २०७८

  प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलास गठनमै पुगेर अल्झिएको छ । आइतबार रिट निवेदक तर्फका कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाउँदै इजलास छाड्न दबाब दिएपछि रिटमाथिको बहस विषयमा प्र...

प्रधानन्यायाधीशले भने– मिक्स भेजिटेबल पो बनाइदिनुभो ! access_timeजेठ १३, २०७८

प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन र राष्ट्रपतिले चालेको कदमविरुद्ध बिहीबार १९ वटा रिटमाथि सुनुवाइ भयो । प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै रिटहरुलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् । संवैधानिक इजलास भोलि शुक्रबार बस्दैछ । ...

काठमाडौंमा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित) access_timeजेठ ११, २०७८

    स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो ।  काठमाडौं ...

सम्झनामा खड्गजित बराल : आईजीपी होस् त यस्तो ! access_timeजेठ ९, २०७८

  नेपाल प्रहरीलाई आधुनिकीरणको बाटो देखाउने पूर्वआइजीपी खड्गजित बराल जेठ ५ मा संसारबाट बिदा भएका छन् । उनका निधनबाट प्रहरी संगठनका अधिकारीहरुले अभिभावक गुमाएको महसुस गरेका छन् । ९३ वर्षको उमेरमा पूर्वआईजीपी बरालको निधन भएको हो ।  खड्गजित बराल फौज...

कोरोनाको कहर : फ्रन्टलाइनर अधिकृत नै गुम्न थाले access_timeजेठ ८, २०७८

कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण गर्न नेपाल प्रहरीका जवान–अधिकृत फ्रन्ट लाइनमा खटिएका छन् । निषेधाज्ञा कार्यान्वयन गराउन, नेपाल–भारत सीमा नाकाबाट भित्रिनेहरूको व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङमा प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको छ । सरकारको निर्णय फिल्...

कोराना महामारीमा के गर्दैछ नेपाली सेना ? access_timeजेठ ६, २०७८

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन नसक्दा सेना विवादमा मुछिएको थियो । ...

हवाइ उडान : नेपालीलाई बन्द, भारतीयलाई खुल्ला access_timeजेठ ५, २०७८

सरकारले निषेधाज्ञा घोषणा गरेर नेपालीहरुलाई विदेश जान दिएको छैन । विदेशमा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कन पाएका छैनन् । तर, नेपालीका लागि विमानस्थल बन्द गरेको सरकारले भारतीय नागरिकलाई भने दिनहुँ खाडी राष्ट्रमा रोजगारीका लागि उड्ने छुट दिइरहेक...

सांसदलाई सिलिन्डरको बोझ : मन्त्रालय भन्छ– कोटा छैन access_timeजेठ २, २०७८

काठमाडौं । सत्तारुढ एमाले सांसद गंगा चौधरी शान्तिनगरस्थित ओमशान्ति चोकमा बस्छिन् । चौधरी बस्ने घरमा चीनबाट ल्याइएका ५ वटा अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री भेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । स्वास्थ्य सामग्री भेटिएको खबर पाएपछि महानगरीय प्रह...

सेना–प्रहरीमा फैलियो संक्रमण, ८७४ सुरक्षाकर्मी आइसोलेसनमा access_timeबैशाख २७, २०७८

काठमाडौं । कोरोनाभाइरसको पहिलो चरणको संक्रमणले सुरक्षा निकायलाई थिलथिलो बनाएको थियो । कोभिड–१९ संक्रमणको दोस्रो महामारी शुरु भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा फेरी कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाका २२५ जना सुरक्षाकर्मी आइसोलेसन...

काठमाडौंका एसएसपी भन्छन्–निषेधाज्ञामा थप कडाइ गर्छौं access_timeबैशाख २०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको आज पाँचौ दिन भएको छ । निषेधाज्ञाको बीचमा पनि सडकमा सवारी र पैदल हिँड्नेहरू बाक्लै देखिएका छन् । निषेधाज्ञाको आदेश पालना गराउने मुख्य निकाय प्रहरी हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले रातोपाटीस...

भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा access_timeबैशाख १५, २०७८

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाको हटस्पट बनेको छ । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको दाहसंस्कारका लागि ठाउँ नभएको समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । तर, त्यही भारतबाट काठमाडौं आउने नागरिकहरुलाई सरकारले खुल्लमखुल्ला समुदायसम्म जान दिइरहेक...

विमानस्थलमा यसरी गरिँदैछ कोरोनाको निगरानी access_timeबैशाख १४, २०७८

सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भने पनि  विमानस्थल चाहिँ बन्द नगर्ने बताएको छ । भारत र बेलायतबाट कोरोनाको नयाँ भेरिएन्ट भित्रिएको चर्चा चलिरहेका बेला काठमाडौंको विमानस्थल कसरी चलिरहेको छ ? रातोपाटीको टोली मंगलबार त्रिभुवन विमानस्थ...

५० रुपैयाँ जरिवाना तोकिएका अभियुक्तलाई पनि छाडेन प्रहरीले access_timeबैशाख १२, २०७८

  काठमाडौं । नेपाल प्रहरीले पछिल्लो ३ वर्षयता चालु आर्थिक वर्षमा सबैभन्दा धेरै फरार अभियुक्तलाई पक्राउ गरेको छ । आर्थिक वर्ष ०७४–७५ र त्यसपछिका वर्षमा भन्दा गत साउनपछि पक्राउ परेका फरार अपराधीको संख्या धेरै छ । कोरोना महामारी शुरु भएसँगै देशभरका झण्डै...

लकडाउनमा घटेको अपराधको ग्राफ फेरि बढ्न थाल्यो access_timeबैशाख १०, २०७८

कोरोना महामारी शुरु भएसँगै गत वर्ष लकडाउनको अवधिमा समाजमा हुने जघन्य प्रकृतिका अपराधमा कमी आएको थियो । लकडाउन खुकुलो हुँदै जाँदा अपराधका घटनाहरु फेरि बढ्न थालेका छन् । गत वर्ष लकडाउनका समयमा भएका अपराधका घटना र लकडाउन खुलेपछिका घटनाको तुलनात्मक अध्ययन गर्दा ...

प्रहरी समायोजनमा ढिलाइ, गृहमन्त्रालय भन्छ– ‘कार्यविधि र सफ्टवेयर बनाउँदैछौँ’ access_timeबैशाख ९, २०७८

काठमाडौँ । प्रहरी समायोजन ऐन बनेको करिब १५ महिना हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन हुन सकेको छैन । नेपाल प्रहरी र प्रदेश प्रहरीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार प्रदेशमा ५४ हजार सात सय २० जनशक्ति समायोजन हुँदैछन् । ०७७ मङ्सिरमा मन्त्रिपरिष...

गृहमन्त्री बादल : तीन वर्ष भोगियो, ६ महिना बाँकी ! access_timeबैशाख ५, २०७८

  काठमाडौँ । माओवादीको कारवाहीमा परेर राष्ट्रियसभा सदस्य पद गुमेपछि आइतबार बिहान गृहमन्त्री रामबहादुर थापा बादलको गृहमन्त्री पद केही घण्टाका लागि खोसियो । बिहान बादल हटेर काठमाडौंको आकाश पनि सफा देखिएको थियो । साँझ पर्दै गएपछि आकाश बादलले ढाक्यो र मेघ गर्...

कुकुरको हत्या प्रकरण : जनावर प्रेमीले बालक कुटे, घरमा तोडफोड गरेपछि प्रहरी दबाबमा access_timeबैशाख २, २०७८

काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरे । चैत १८ मा ८ बर्षको बालकललाई टोकेपछि आफन्तले कुकुर मारेका थिए । ​ .groupTitle{position:relative;text-align:center}.groupTitle span{padding-right:10px;padding-l...

सुटकेसमा लासदेखि भागरथीको बलात्कारसम्म access_timeचैत ३१, २०७७

काठमाडौँ । २०७७ सालमा कोरोना महामारी सुरु भएको केही महिना अपराधका घटना न्यून बनेका थिए । प्रहरीको तथ्याङ्क अनुसार वर्षको अन्त्यसम्म आइपुग्दा अपराधको ग्राफ बढेको छ । २०७७ सालमा अपराधको ग्राफ मात्रै बढेन अपराधको प्रकृति पनि जघन्य किसिमका देखिए । काठमाडौंमै महिलाले ...

धुलिखेलमा पोलमा बाँधेर कुकुरको हत्या प्रकरण, प्रहरी भन्छ–‘अनुसन्धान गर्दैछौँ’ access_timeचैत ३१, २०७७

  काठमाडौं । धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरक...

चिनियाँ अभियुक्तले उब्जाएको प्रश्न : नेपाली बैंकका एटीएम कति सुरक्षित ? access_timeचैत ३०, २०७७

काठमाडौं । चीनबाटै साँचो बोकेर नेपाली बैंकको एटीएम बुथ खोल्ने क्रममा पक्राउ परेका चिनियाँ अभियुक्त यतिबेला  काठमाडौंको प्रहरी हिरासतमा छन् । चीनबाटै साँचो लिएर काठमाडौं आएका यी अपराधीको हर्कतले गम्भीर प्रश्न उब्जाएको छ– नेपाली बैंकका एटीएम बुथहरु कत्त...

रेशम चौधरी प्रकरणको अर्को पाटो : प्रहरी पत्नी भन्छिन्– अन्तिम श्वास रहेसम्म लड्छु access_timeचैत २५, २०७७

  काठमाडौँ । इन्सपेक्टर केशव बोहरा सेती अञ्चल गुल्ममा कार्यरत थिए । थरुहट आन्दोलन चर्किंदै थियो । बिदा सकेर दुई दिनअघि काठमाडौँबाट धनगढी गएका उनलाई ०७२ भदौ ७ को बिहान एसएसपी लक्ष्मण न्यौपानेले भने– ‘बोहरा ! टीकापुर जानुपर्ने भयो, हिँड ।’...

विद्यालयको लापरवाहीले एसिडको होली: पीडित किशोरी भन्छिन्- ‘मलाई पहिलेकै अनुहार दिलाइदिनुस्’ access_timeचैत १७, २०७७

काठमाडौं । आइतबार होलीको दिन । काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा रहेको नवीन ग्राम माध्यमिक बिद्यालयको प्राङ्गणभित्रै एसिडको होली खेलियो । पानी ठानेर एसिड छ्याप्दा ३ जना बालबालिकासहित अन्य केही व्यक्ति घाइते भए ।  साँखुको सुष्मा कोइराला मेमोर...

Page 1 of 5