कमल रिजाल

वैदिक कथा : कण्वको पश्चाताप access_timeभदौ १३, २०७९

नेपालीमा एउटा भनाइ छ हतपतको काम लतपत । यस्तो भनाइ त्यत्तिकै प्रचलनमा आएको पक्कै होइन । निकै सुझबुझ गरी व्यवहारमा प्रयोग गरेर मात्र प्रयोगमा ल्याएका हुन् पूर्वजहरूले । उनीहरू भन्ने गर्थे– ‘कुनै पनि काम गर्नुभन्दा अघि तीन पटक सोच्नुपर्छ यस्तो काम गर्न हुन्छ कि हु...

पौराणिक कथा : चाहना भए असम्भव केही पनि हुँदैन access_timeसाउन ३१, २०७९

नेपालीमा एउटा उखान छ खाने मुखलाई जुँगाले छेक्दैन । उखानहरू बहुअर्थी हुन्छन् । अनेक स्थानमा प्रयोग हुन्छन्, प्रयोग गर्न सकिन्छ । यो उखान पनि त्यस्तै हो । यसका धेरै अर्थ छन्, अवस्था अनुसार धेरै स्थानमा प्रयोग गर्न सकिन्छ । यीमध्ये एउटा हो गर्न चाहने मानिसलाई समयको अभव हुँदैन ...

प्रेरक प्रसङ्ग : पञ्चमहायज्ञ के, किन र कसरी ? access_timeसाउन ३०, २०७९

मानवजीवनमा पञ्चमहायज्ञको महत्वपूर्ण स्थान छ, जसलाई वैदिकग्रन्थहरूले विशेष महत्वका साथ गाएका छन् । मानवजीवन आफैँमा जीवनमात्र होइन तमाम पूर्वजहरूका नासो पनि हो । यसमा देवीदेवतादेखि पशुपक्षीसम्म र ग्रहनक्षेत्रदेखि रुख बिरुवा वनस्पतिसम्मको स्नेह, सहयोग छ । हाम्रो जीवन बनाउने ...

गुरु द्रोणाचार्यको व्यक्तित्व र कृतित्व access_timeसाउन १८, २०७९

महारथी द्रोणाचार्यको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी कौरव र पाण्डवका गुरु हुन् भन्ने पनि धेरैले सुनेको हुनुपर्छ र महाभारत युद्धमा भीष्मको अवसानपछि उनैले कौरवपक्षको नेतृत्व गरेका थिए भन्ने कुरा पनि थाहा हुनुपर्छ । तथापि उनी को थिए र कसरी कौरव र पाण्डवहरूक...

जीवनदर्शन : निरोगीताको सरल सूत्र access_timeसाउन १७, २०७९

मानव जीवन प्रकृतिको अनमोल वरदान हो, सितिमिति मिल्दैमिल्दैन । अनेक तारतम्य मिलेर मात्र सम्भव भएको हुन्छ । यद्यपि हामीलाई के लाग्न सक्छ भने शरीर त्यत्तिकै प्राप्त भएको हो । बाबु र आमाको राजीखुसीमा सम्बन्ध भयो, त्यस्तै परे एउटा पक्षबाट जबर्जस्ती पनि भयो होला, जे होस् उनीहरूको ...

ईर्ष्या : के, किन र कसरी ? access_timeसाउन १, २०७९

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य छ वटा मानवीय गुण हुन् । यद्यपि भागवतमा व्यासजीले यसलाई षड्दश्यु भनेका छन् । दश्युको अर्थ हुन्छ डाँकु । मानिसको सद्गुण अर्थात् दया, माया, मैत्री, करुणा, शान्ति, सदाचार, त्याग, तपस्या, परहित तथा परोपकार जस्ता सद्भावलाई चोरेर वा अपहरण गरेर ...

कश्यपको कथा : दिव्य आभूषण access_timeअसार २७, २०७९

एकादेशमा एक जना व्यापारी थिए । व्यापारको शिलशिलामा विभिन्न स्थानमा जान्थे, नानाभाँतीका चलाखी गरी ठगी धन्दा चलाउँथे । छलकपट र धुर्त्याइँमा मानौँ विद्यावारिधि नै गरेका थिए । जस्तै मै हुँ भन्नेहरूलाई समेत कुनसट्को ठगीको जालमा फसाइसकेका हुन्थे पत्तै हुँदैनथ्यो । यसैक्रममा...

बालगुरु षडानन्द : व्यक्तित्व र कृतित्व access_timeअसार २२, २०७९

बालगुरु षडानन्द अधिकारीको नाम भाइभहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी खडानन्द, खडु, षडानन्द, षडानन, आबाल ब्रह्मचारी षडानन्द, बालागुरु, गुरुमहाराज जस्ता नामले चिनिन्छन् । १८९२ साल मङ्सिर ११ गते भोजपुर जिल्लाको दिङ्ला ‘गढी’ गाउँमा जन्मेका षडानन्द पिता लक्ष्मी...

पौराणिक कथा : मानव जातिका इतिहास access_timeअसार १७, २०७९

 प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी पुत्री देवयानीलाई भेटे, जो त्यतिबेला साथी शर्मिष्ठाका कारण इनारमा डुबेकी थ...

कश्यपको कथा :  किसानको किस्मत access_timeअसार १३, २०७९

धेरै पहिलेको कुरा हो । एक जना किसानको तीन भाइ छोरा थिए । किसान मिहिनेती थिए कडा श्रम गर्थे, फसल उमार्थे तर छोराहरू भने साह्रै अल्छी स्वभावकाथे । कहिले लठैतहरू जम्मा गरी गफ चुटेर दिन बिताउँथे कहिले चौतारमा दिनभर बाघचाल खेलेर साँझ घर फर्कन्थे । विचरा किसान दिनभर ...

वैदिक कथा : महर्षि वशिष्ठ यसरी महान् बनेका थिए access_timeअसार १०, २०७९

धनी हुनु, धनसम्पत्ति कमाउनु, कमाउनसक्नु, ठूलो पदमा पुग्नु, पुग्नसक्नु, ठूलठूला सार्वजनिक पद ओगट्नु, ओगट्ने तरक्की गर्नसक्नु मात्र महान हुनुको लक्षण होइन । यस्तो काम त पहुँच हुने, पहुँच पु¥याउनसक्ने सबैले गरेकै हुन्छन्, गरेकै छन् । महान् बन्ने भन्ने कुरा कसैले गराएर ...

वैदिक कथा : नदीहरूका मातृभाव access_timeजेठ २७, २०७९

वैदिक सनातन संस्कृतिले नदी तथा समुद्रका विशेष महत्व दिएको छ । यसले उनीहरूलाई पवित्र तीर्थस्थल मात्र मानेको छैन प्रत्यक्ष देवता मानेर पूजा तथा उपासना गर्दै आएको पनि छ । उता नदी तथा समुद्रहरूले पनि आधारभूत आवश्यकता पूरा गरी प्रत्यक्ष देवताकै भूमिका निर्वाह गर्दै आएका छन् ।...

कश्यपको कथा :  जुत्तापुराण access_timeजेठ २२, २०७९

धेरै पहिलेको कुरा हो । एकादेशमा एक मुडी सामन्त थिए । शासकहरु प्रायः मुडी नै हुन्छन् । हमेशा जनताको नाम दिएर आफ्नै विचार र सिद्धान्त लाद्ने प्रयास गर्छन् । त्यसमा पनि उनी अलि बढी नै थिए । उनको भनाइ कानून बन्थ्यो, जे पनि गर्नैपर्थ्यो । तत्काललाई हेरेर निर्णय गर्थे, मूल्य देश...

प्रेरक प्रसङ्ग : दुःख सुख आफ्नै हातमा छ access_timeजेठ ११, २०७९

प्रायः हामी अरूबाट मान, सम्मान चाहन्छौँ । सबैले आदर गरून्, मीठो बोलून्, नरम व्यवहार गरून् भन्ने चाहना सबैको हुन्छ तर अरूलाई पनि त्यस्तै गर्नुपर्छ भन्ने बिर्सन्छौँ र नानाभाँतीका दुःख पाइरहेका हुन्छौँ । वास्तवमा संसार पैँचोबाहेक केही होइन, जहाँ जे दिइएको हुन्छ त्यही नै फिर्त...

कश्यपको कथा : चोरको चलाखी access_timeजेठ ६, २०७९

कथा निकै पुरानो हो । एउटा गाउँमा चोरको बिगबिगी थियो । दिनहुँ सानो ठूलो चोरीको घटना भइरहन्थ्यो । कहिले यता चोरी भयो भन्ने सुनिन्थ्यो कहिले उता । कहिले घर फोरिन्थे कहिले बैङ्क लुटिन्थे । कहिले पकेट मारिन्थे कहिले गरगहना चोरिन्थे । प्रहरीहरू हैरान, प्रहरी प्रशासन हेरे...

वैदिक कथा : देवराज इन्द्र किन ठगिए ? access_timeजेठ १, २०७९

नीतिशास्त्र भन्छ शुभकार्य गर्न विलम्ब गर्नुहुँदैन र साइत पर्खनु पनि राम्रो होइन । यस्ता कार्य सकेसम्म भोलि गर्छु भनिएको भए आजै गर्नुपर्छ, भरे गर्छु भनिएको भए अहिले नै गर्ने प्रयास गर्नुपर्छ । कसलाई थाहा भरे र भोलि आउँछ कि आउँदैन भनेर । पहिलो कुरा मन यति चञ्चल छ कि कति बेला...

कश्यपको कथा : अति लोभका परिणाम access_timeबैशाख २५, २०७९

कुनै समयमा पुरञ्जनपुरमा असमञ्जस नामका राजा थिए । उनले एकदिन राति सपनामा आकाशका झुण्डिएको सुन्दर शहर देखे । शहर जति सुन्दर थियो घर तथा महलहरू त्यति नै कलात्मक थिए । कतै स्वच्छ पानीको तलाउ थियो, कतै सुन्दर बगैँचाहरू देखिन्थे । कतै घोडातवला देखिन्थे कतै हात्तीसारहरू थ...

उपन्यास जस्तो आत्मकथा : मेरी उनी र म access_timeबैशाख २४, २०७९

 रामप्रसाद कोइरालाद्वारा लिखित ‘मेरी उनी र म’ नामक पुस्तक हालै सार्वजनिक भएको छ । लेखकको आफ्नै हजुरआमा कुविजादेवी कोइरालाको विचारलाई युनिसेफको कार्यक्षेत्रसित समन्वय गरी पुस्तक लेखिएको छ । मैले रामप्रसाद कोइलालाई चिनेको ४० को दशकको उत्तरार्धदेखि नै...

कश्यपको कथा : यसरी खोलिदियो उखुको फलले राजाको आँखा access_timeबैशाख १०, २०७९

एकादेशमा मकरध्वज नामका राजा थिए । उनको नाम जति राम्रो थियो स्वभाव ठीक विपरीत । सनकाहा थिए, जे मन लाग्यो त्यही गर्थे, गर्न लगाउँथे । उनको व्यवहारबाट दरबारमा सबै हैरान थिए । राजाको अगाडि बाबाको दुहाई, कसको के लाग्ने । राजाले भनेपछि गर्नैप¥यो, नसके पनि गरेज...

वैदिक कथा : सरमाको शिक्षा access_timeबैशाख २, २०७९

सुर र असुरहरूका नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । वैदिक सनातन संस्कृतिमा दुई सम्प्रदाय छन्, जसमा सुर र असुर पर्छन् । यीमध्ये सुर सम्प्रदायमा देवताहरू पर्छन् भने असुर सम्प्रदायमा दानवहरू । कश्यप्रजापतिका अदिती नामक पत्नीबाट देवताहरूको जन्म भएको थियो । अर्की पत्नी दित...

अहङ्कारबाट जोगिने तरिका access_timeबैशाख १, २०७९

मानव जीवनमा ६ वटा प्राकृतिक गुण हुन्छन्, जसलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य भनिन्छ । केही दर्शन तथा दार्शनिकहरूले खासगरी वैदिक दर्शनले तिनलाई शत्रु भनेको छ तर ती आफैँमा शत्रु भने होइनन् । हो, प्रयोग गर्न नजान्दा भने नोक्सान गर्न सक्छन् । यसैका आधारमा शत्रु भन्ने हो भ...

यसरी काटिएको थियो राजगुरुको टुप्पी access_timeचैत ३०, २०७८

कथा निकै पुरानो हो । एउटा कुनै देशमा हरिदास नामका एक धार्मिक स्वभावका राजा थिए । पूजापाठ तथा देवीदेवताको आराधना बढी रुचाउँथे । दरवार परिसरमा भगवान् विष्णुको मन्दिर बनाउन लगाएका थिए, जहाँ नित्य पूजा तथा आरती हुन्थ्यो । यो काम रामदास नामका पुजारीले गर्दै आएका थिए...

कसरी बचाउँथे वैदिक महर्षिहरू मरेका मानिसलाई ? access_timeचैत २१, २०७८

परापूर्वकालको कुरा हो । एकपटक देवराज इन्द्रले महर्षि दध्यङ् आथर्वण समक्ष गएर आत्मज्ञान सम्बन्धी शिक्षा पाउन आग्रह गरे । महर्षिले आगन्तुकतर्फ हेर्दैनहेरी भने– ‘शिक्षा त दिउँला नै पहिले यो त बताऊ कि को हौ र कहाँबाट आएका हौ ?’ महर्षिको कुरा सुनेर देवर...

....त्यसपछि पृथ्वीनारायण शाहले बिसे नगर्चीको साथ कहिल्यै छाडेनन् access_timeचैत १७, २०७८

‘जदौ महाराज !’ ‘भन् बिस्या ! किन आइस् ।’ ‘एउटा कुरा सोध्न्या मनसुवा थिया महाराज !’ ‘भन् न बिस्या ! के कुरा हो ।’ ‘सरकार चिन्तित भइस्या देख्याछु नि हो ?’ ‘हो, बिस्या ! ठीकै अनुमान लगा...

यसरी लिन सकिन्छ मोह ऊर्जाबाट फाइदा access_timeचैत १५, २०७८

सामान्यतया मोह भन्नाले कुनै मानिस वा विषय वस्तुप्रतिको आकर्षण भन्ने बुझिन्छ तर यसको अर्थ यतिमा मात्रै सीमित छैन । कुनै पनि विषय–वस्तुप्रति लोभिनु, मोहित हुनु, आकर्षित हुनु, त्यसलाई छुन खोज्नु, पाउन खोज्नु, पाउने प्रयास गर्नु, त्यहाँ जान खोज्नु, त्यसलाई समाउन खोज्नु, ...

Page 1 of 4