केन्द्रीय संस्करण

रातोपाटी संवाददाता

देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि access_timeसाउन २३, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसी...

अनशनरत युवाको जीवन रक्षा गर्न र कोरोनाको बढ्दो चुनौतिबारे नयाँ रणनीति बनाउन काँग्रेसको माग access_timeसाउन २३, २०७७

काठमाडौं । नेपाली काँग्रेसले आमरण अनशनमा बसेका युवाको माग सम्बोधनका सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ विरुद्ध सरकारको प्रभावकारी र पारदर्शी पहल माग गरेर ईः (इशान अधिकारी) २० दिनदेखि आमरण अनशनमा छन् ।  काँग्रेस प्रवक्ता विश्प्रकाश शर्माले अनशनरत युवाहर...

बीएण्डबी अस्पतालमा पनि पिसिआर परीक्षण सुरु, ५ घण्टामै रिपोर्ट दिइने access_timeसाउन २३, २०७७

काठमाडौं । कोभिड–१९ रोग लागेको वा नलागेको भनेर गरिने आरटी पिसिआर परीक्षण अब बीएण्डबी अस्पतालमा पनि सुरु भएको छ । नेपाल सरकारबाट स्वीकृति लिएर साउन २३ गतेदेखि पिसिआर परीक्षण सुरु गरेको अस्पतालले जनाएको छ । अस्पतालले दुर्घटना भई तत्कालै अप्रेशन वा उपचार ग...

ट्राफिक महाशाखाका प्रहरीमा कोरोना संक्रमणको स्रोत भेटिएन access_timeसाउन २३, २०७७

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा यतिबेला सिल गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकालसहित ३०९ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा छन् । महाशाखाबाट फ्रन्टलाइन ड्युटीमा खटिएका पाँच जना ट्राफिकमा कोरोनाभाइरस पोजेटिभ देखिएक...

लेनदेनमा लाग्ने कोषका कर्मचारीलाई कारबाही हुन्छः पर्यटनमन्त्री भट्टराई access_timeसाउन २३, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन् । पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्...

बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर, कहाँ कति ? access_timeसाउन २३, २०७७

काठमाडौं । नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ ।  एयरले नागरिकले छोटो समयमा सुरक्षित गर्न सकिने यात्रा, लामो अनि महंगो शुल्क तिरेर गरिरहनु परेको यस विषम परिरिस्थतीमा हवाई मार्गमार्फत उचित भाडाद...

फ्यानको डिमान्डमा रिलिज भयो ‘दिल बेचारा’का मसखरी गीत access_timeसाउन २३, २०७७

मुम्बई । फिल्म ‘दिल बेचारा’ को गीति एल्बम यतिबेला भारतीय म्युजिक उद्योगमा आकर्षणको केन्द्र बनेको छ । मुकेश छाबडाको निर्देशन रहेको फिल्मको संगीतले लोकप्रियताको नयाँ उचाई समेत बनाएको छ । डिज्नी हटस्टारमा रिलिज भएको यो फिल्म ओटीटी प्लेटफर्ममा सबैभन्दा बढी दर्शक...

वीर अस्पतालमा कार्यरत थप १ चिकित्सकमा कोरोना संक्रमण access_timeसाउन २३, २०७७

काठमाडौं । वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार  अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेड...

बुद्ध एयरले सिमरामा ७२ सिटे एटीआर ७२ बाट उडान गर्ने, परिक्षण उडान सफल access_timeसाउन २३, २०७७

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ ।  काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर साउन २१ गते बुधबार बुद्धको जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान...

काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै access_timeसाउन २३, २०७७

काठमाडौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहु...

राष्ट्रियसभा अन्तर्गतका सबै समितिका सभापति निर्विरोध access_timeसाउन २३, २०७७

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवि भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम...

कन्ट्याक्ट ट्रेसिङमा परेपछि अभिनेता अनमोलले गराए कोरोना परीक्षण access_timeसाउन २३, २०७७

काठमाडौं । अभिनेता अनमोल केसीले कोरोना परीक्षण गराएका छन् । केहि दिनअघि एउटा स्कुटरको विज्ञापन छायाँकन गरेका अनमोलले आफु संक्रमितको ट्रेसिङ्गमा परेपछि ‘कोभिड १९’को परीक्षण गराएका हुन् । उक्त विज्ञापनको युनिटमा रहेका एक सदस्यलाई कोभिड १९ पोजेटिभ देखिएको...

घोराही–तुलसीपुर–लमही सडकखण्ड अबदेखि गोरक्ष मार्ग access_timeसाउन २३, २०७७

घोराही । जिल्ला समन्वय समिति दाङको जिल्ला सभाले घोराही(लमही(तुलसिपुर सडक खण्डको नाम फेरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभाले उक्त सडक खण्डको नयाँ नामाकरण गरेको हो । उक्त सडकखण्डको नाम अबदेखि गोरक्ष मार्ग राख्ने सर्वसम्मत प्रस्ता...

डिल्लीबजार कारागारबाट रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो access_timeसाउन २३, २०७७

काठमाडौँ । कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीको खुट्टा सुनिएपछि अस्पताल पुर्‍याइएको हो ।  खुट्टा सुनिएसँगै ज्वरो आउन थालेपछि चौधरीलाई अस्पताल लगिएको डिल्लीबजार कारागार स्...

पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु access_timeसाउन २३, २०७७

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए ।  कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्स...

साम्राज्ञीको नयाँ फिल्ममा आना र मनिष access_timeसाउन २३, २०७७

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘प्रेम गीत ३’ अभिनेता मनिष राउतसँग रोमान्स गर्ने भएकी छन् । सिबर्डस् पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा यी दुबै कलाकारको रुपमा फाइनल भएका हुन् । फिल्मको मुख्य अभिनेत्रीका रुपमा आना शर्...

गैरसरकारी संस्थाको नाउँमा वार्षिक अरबौँ भ्रष्टाचार: प्रभु साह access_timeसाउन २३, २०७७

नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ लुट भईरहेको दावी गरेका छन् । सरकारी नियमनकारी निकायबाट प्रभावकारी नियमनको अभावमा गैरसरकारी संस्थाका संचालकहरुले वर्षेनि अरबौं रुपैया लुटिरहेको उनको भनाइ छ ।&nbs...

बालुवाटारबाट लगातार प्रहार access_timeसाउन २३, २०७७

काठमाडौं । फुटको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेताहरुबीच एकले अर्कोमाथि  प्रहार गर्ने शिलशिला नै चलेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयबीचको संवाद नै रोकिएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीत...

उहान सर्वेक्षणको भयावह नतिजा : कोरोनामुक्त  भएका ९० प्रतिशतमा फोक्सोको समस्या access_timeसाउन २३, २०७७

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ । त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्...

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु access_timeसाउन २३, २०७७

ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय  पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताएका हुन् । उनको उपचारको क्रममा  बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्...

‘बुवा निर्दोष छन्’ भन्दै सर्वोच्चमा रञ्जन कोइरालाका दुई छोराले दिए निवेदन access_timeसाउन २३, २०७७

काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष ६ महिना जेल बसेर हालै रिहा भएका सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइराला ‘निर्दोष’ रहेको दावीसहित उनका दुई छोराले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । रञ्जनका छोराहरु २३ वर्षका आयुष र १९ वर्षका आर्यनले बिह...

पलले उषालाई भने माया गरौँला access_timeसाउन २३, २०७७

काठमाडांँ । अभिनेता पल शाह र टिकटकका भाइरल कलाकारहरु सुधिर श्रेष्ठ, सुनिसा बजगाई र उषा उप्रेती अभिनित गीत ‘माया गरौला’ को भिडियो सार्वजनिक भएको छ ।  दिनेश थपलियाको शब्द र आचार्य कृष्ण भारद्राजको संगीत रहेको गीतमा सरोज ओली र अस्मिता अधिकारीको...

सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुग्यो access_timeसाउन २३, २०७७

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा १ लाख ३हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी...

‘बिच्छेद’मा भित्रिइन् लक्ष्मी access_timeसाउन २३, २०७७

काठमाडौं । फिल्म ‘बिच्छेद’ छायाँकन आगामी तिहार लगतै सुरु हुने भएको छ । गत ५ चैतबाट फ्लोरमा निस्किएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । अब तिहारपछि मात्र छायाँकन सुरु हुने निर्माण युनिटले जानकारी दियो । सत्यराज चौलागाईंको निर्देशन रहेने...

होटलमा काम लगाइदिने भन्दै यौनधन्दामा access_timeसाउन २३, २०७७

युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ घर भइ हाल गोदावरी नगरपालिका–२ बस्ने २८ वर्षीय हर्कबहादुर बोहरालाई पक्राउ गरेको हो ।  ...

Page 2 of 2264