बद्रीप्रसाद दाहाल
नेपालका राजनीतिक दलहरु सत्ता आरोहण गर्दा होस् वा अवरोहण पर्दा होस् सधैँ दलभित्र ‘एकता’ खोज्न कौलास्दै हिँडेका हुन्छन् । ‘एकता’ यो शब्दै भाववचक नाम हो । भावपरक वा अनुभूतिमय छनक दिने भएकोले स्थूल शरीर मात्र देख्ने कोरा भौतिकवादका अनुयायी ...
वैशाख महिनाको कृष्ण पक्षको औँसी तिथि आमाको श्रद्धा, सम्झना र सम्मानको पावन दिन हो । जसलाई आमा दिवस, जननी सम्मान पर्व, आमाको मुख हेर्ने दिन भनेर पनि पुकारिन्छ । आम सनातनी यो दिन काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकको दक्षिणतर्फ पहाडको फेदीमा गएर स्वर्गीय आमाको सम्झनामा तर्प...
संसारको रङ्गीन सिर्जनामा चर, अचर, उभयचर सबै प्राणीहरुको महिमा र गरिमा उत्तिकै प्रभावकारी छ । गहिरिएर हेर्दा धराधामका हरेक प्राणीहरुको सम्बन्ध अन्योन्याश्रित भएको देखिन्छ । त्यसैले त सनातन वैदिक संस्कृतिले पानी, पृथ्वी, पर्वत, आगो सबैमा विष्णु हुनुहुन्छ भनेर समभावको...
योद्धाका स्वच्छ स्वप्ना, सुमधुर विपना, देशले हेर्न पाओस् । स्वार्थी सङ्कीर्ण वृत्ति, इति गर अगुवा, देश क्यै मुस्कुराओस् ।। छिट्टै समृद्ध बुन्दै, कति मुलुक यहाँ ! बन्न पाए अमिर । हामी रोगी र भोगी, कति दिन रहने, विश्वमा नै गरिब ।। ।। १।। खाना, नाना र...
विश्व राजनीतिक रङ्गशालाका रणनीतिमा कुशल, चतुर, बहादुर खेलाडीमध्ये एकीकृत विशाल अखण्ड नेपालका परिकल्पनाकार पृथ्वीनारायण शाह अग्र लहरमा आउँछन् । १७७९ पुस २७ गते गोरखाका राजा नरभूपाल शाहकी माइली महारानी कौशल्यावतीको गर्भबाट सातै महिनामा आँखा खोलेका थिए पृथ्वीनारायण ...
राष्ट्रिय एकता र मेलमिलापको उपागम बोकेर ०३३ पछि लोकतान्त्रिक आन्दोलनको पथलाई अघि बढाउन कम्मर कसेको बीपीको दल चौधौँ महाधिवेशनको सँघारमा आइपुग्नै लाग्दा तीव्र झगडाले प्रजापरिषद् र कोमिन्ताङ बन्ने धुनमा ध्वनि प्रदूषण पारिरहेका छन् । कुनै पनि देशमा एकता, स्वतन्त्रता, अखण्डता ...
आधिकारिक संस्था र व्यक्तित्वहरुले जबसम्म सुझावलाई गुलाफ, सल्लाहलाई साक्षात् अल्लाह अर्थात् भगवान् सम्झिँदैन, अनि उचित परामर्श हृदयले स्पर्श गरेर प्रयोगमा ल्याउँदैनन् तबसम्म अराजकताले खुट्टा घुमाउन छोड्दैन । नेपालमा बढ्दो सडक दुर्घटना प्रतिदिन झन् ललना, कथना, अरण्यरोदन र क्षणिक चि...
धार्मिक, राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रका अभियन्ता भई परसेवामा अभ्यस्त हुने निष्कामकर्मी नै परमार्थी भावनाका जोगी हुन् । तर यो कराल कलि कालमा अपवादबाहेक अत्यधिक जोगी भने भोगी, ढोँगी, रोगी र स्वार्थलम्पट बन्न पुगेका छन् । ओठमा राम जप...
संस्कृत भाषाको ‘औषधि’–कै तद्भव अनुहार रहेछ ‘ओखती’ । रोग निको पार्न प्रयोग गरिने वस्तु वा साधन अर्थात् उपचारको उपायमा प्रयोग हुने विभिन्न जडीबुटी ओखती भनेर बुझिन्छ । ‘औषधि’ संस्कृतको तत्सम शब्द, जसले रोग निको पारेर शरी...
पढैया र धनीमानीकी छोरी बिहे गर्नु पनि घामटै रहेछ बा ! ऊ बेलाआमाले त भन्नु भएको थियो– बाबु, ‘धन भएकीभन्दा मन भएकीलाई दुलही रोज्नू, आफूभन्दा धेरै पढेकीभन्दा कम पढेकी खोज्नू, धनभन्दा कुल हेर्न भुल नगर्नू’ । आमाको दिव्यवाणीमा खोक्रो आदर्श ठम्याउने दीनन...
संस्कृत भाषामा ‘मिष्ट’ र प्राकृत ‘मिट्ठ’ हुँदै नेपालीमा ‘मीठो’ रूपमा सबै मानिसको जिब्राभर झुण्डिएको यो शब्दमा ‘आइ’ प्रत्यय लागेर ‘मिठाई’ बनेको रहेछ । गुलियो वा मीठो स्वादको अनेक प्रकारका खाद्य परिक...
बडादशैँको बिदाइलगत्तै नेपालीका घरआगनमा तिहारको रमझम छाउन थालेको छ । ‘पर्व’ धर्तीका सबैथरी प्राणीको उत्सव र प्रेरणाको मार्गदर्शन हो । यसले चराचर प्राणीहरूकै अस्तित्व, गरिमा र उपयोगिताको बोध गराउँछ । ‘तिहार’ तिथि र बारबाट निर्माण भएको ...
नेपालमा गणतन्त्र आएछि कतिपय संस्था, मार्ग, गल्ली, चोकहरूको आपूmखुसी नाम परिवर्तन गरेर केही मान्छेहरू साँढे भएको बेला मजस्ता पाँडेले पनि स्वच्छन्द हुँदै सबै खाले बाटालाई गमाजीमा ‘यमराजमार्ग’ नाम राख्ने निधो गरेँ । राजमार्ग, राजपथ, हरियाली पन्था...
पुस्तौँ पुस्तादेखि सभ्य, अपसभ्य, भव्य, नव्य, खुसी हुँदै, दुःखी बन्दै चाउरिँदै मस्याउरिँदै हव्यकव्य भकुर्दै मान्दै आएको दशैँलाई मुर्दावाद त सपनामा पनि नचिताउने मान्छे हो म । त्यसैले यतिखेर जिन्दावादको पूmलपाती चढाएर जय दशैँ भनिरहेको छु । सानै बेलामा सुनेको दशै...
दलीय राजनीतिको इतिहास नेपालमा त्यति लामो त छैन । पहिलो दल प्रजापरिषद्देखि हिसाब गर्दा झन्नै असी वर्षको दलीय टकराव, तनाव र सङ्घर्षका उकाली, ओराली पार गर्दै आएको छ । २०१५ सालदेखि करिब डेढ दर्जन पटक नेपाली जनताले भिन्न भिन्न कालखण्डमा प्रत्यक्ष वा अप्रत्यक्ष रु...
‘अब देशलाई समृद्धिको बाटोमा जानबाट कसैले रोक्न सक्दैन’ यतिखेरका प्रधानमन्त्रीदेखि पालिका प्रतिनिधिसम्मले बोल्ने फ्रिसाइजको रेडिमेट वाक्य हो यो नेपाल सन्दर्भमा । अहिलेका सत्ताधारीजनका जिब्रा विकास र समृद्धिका गायत्री जप्दै आरम्भ, उद्घाटन, समा...
सारमा चलेका विभिन्न तन्त्रमध्ये ‘अम्बलतन्त्र’ सबैभन्दा विवाद, विशाद र अभिशापबाट ग्रस्त पाङ्दुरे दुराचार हो । हामी भुरा हुँदा अम्मल र अमल्चीको बारे यस्तो कवितात्मक सूक्ति सुनेका थियौँ । अम्मली अम्मलकै...
वास्तवमा कुनै पनि ‘दिवस’ गौरवपूर्ण अतीतको पुनर्पठन, वर्तमानको पारदर्शी संगठन र उज्ज्वल भविष्यको सपनाको संस्करण हो । गौरवलाई जबसम्म सौरभमा रूपान्तरण गर्न सकिन्न तबसम्म हरेक खालका दिवस विवसताका कर्मकाण्ड मात्र बन्नेछन् । नेपालको राजनीतिक रङ्गमञ्चमा ०४६ को जनआन्दोल...
जन्तुहरूमा मान्छे श्रेष्ठ हुनाको कारण उसको चेतना, व्यवहार, नैतिकता र बोधको अलावा बोली नै हो । त्यसैले त हाम्रा मनीषिहरूले भने ‘वाक्भूषणं भूषणम्’ अर्थात् बोली वचन गहनाको पनि गहना हो । ‘वाचकस्य गुणाः तिस्राः, स्पष्टं शुध्दं च सुन्दरम्’ मतलव बोलक्...
शासक राज्यकोष हजम गर्ने राकस र प्रशासक नजरानाका बाकस भएछि जस्तोसुकै तन्त्रमा पनि सकस आउँछ । भोलिवादका कट्टर अनुयायी कर्मचारीतन्त्र र हावादारीवादका गफाडीका सर्दारतन्त्र चलेपछि त्यस्ता देशमा लोकतन्त्रको हजुर्बाउ पनि असमयमै खुट्टा तान्छ, जनगणतन्त्रको साँढे पन...
वैधानिक बाटोबाट सत्ताको डाडुपुन्यु हात लागेपछि लाटो पनि बाठो हुँदो रहेछ । पहिलेदेखि नै चम्बु भएका जम्बुहरूको त कुरै बेग्लै । राज्यशक्ति लिएछि कतिपय राजनीतिक मान्छे भैँमा न भाँडा भएर मैमत्ता हुने अपसंस्कृति अविकसित राजनीतिक देशको दीर्घरोग नै भएको छ । यही दशा...
शिशु, बालक, किशोर, युवा, प्रौढ र बूढो हुने क्रम प्राणी जगत्कै प्राकृतिक नियम हो । यसविरुद्ध चल्न कसैको केही पिताम लाग्दैन । भेदपूर्ण सामाजिक संरचनामा प्रायः चेप्पिने र हेप्पिनेमा बालक, बूढा, अशक्त, विधवा, महिला तथा अपाङ्ग हुन्छन् । त्यसमा पनि यो बूढो हुनु त कालमा पु...
कुनै पनि देश स्वतन्त्र, अखण्ड र सार्वभौम सम्पन्न बन्न त्यस देशका जनता भावात्मक एकतामा कार्यात्मक हुनु जरुरी हुन्छ । मन, वचन र कर्मकै त्रिभुजमा उद्देश्य र लक्ष्यले आकार ग्रहण गर्छन् । यसरी जनताको एकता निर्माणको मूल आधार स्वप्नदर्शी निस्पृह राजनेताहरूको चिन्तन, सोच र समय सान्द...
व्याकरणिक आँखामा ‘पद’ भन्नाले वाक्यमा व्यवहार गर्नलायक वा व्यवहार गरिएका शब्दको कोटि भनेर बुझिन्छ । त्यसै गरी गोडा वा पाउ, श्लोकहरूका लहर । अनि योग्यता काम र महत्त्वका आधारमा निश्चित गरिएको दर्जा, पदवी, उपाधि भन्ने पनि जनाउँछ । यसको अर्को अर्थ ठाउँ पनि...
‘पुरस्कार’ गुहार, पुकार, चित्कार र सौदाको प्रतिफल नभएर प्रतिभा, अभ्यास वा व्युत्पत्तिको पराक्रमबाट आर्जित सम्मान हो । शब्दको आसयलाई गौर गरेर हेर्दा ‘पुरस्कार’ क्षमतावान् पात्रलाई अगाडि गर्नु वा अघि सार्नु, इनाम– सम्मान गर्नु,...