सरिता कार्की
सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अल अबाउट डिवी स्किन’ ह्याण्डल उल्लेख गरेकी युवतीले आफूमाथि ब्युटी पेजेन्टको नाममा बारम्बार बलात्कार भएको खुलासा गरेकी छिन् । उनको यो भिडियो यति भाइरल भएको छ कि सेलिब्रिटी, पूर्व मिस नेपाल, फोटोग्राफर, इभेन्ट अर्गनाइजर, सङ्गीतकर्म...
काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेपछि केशव स्थापित लगातार निशानामा परिरहेका छन् । काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले दुई युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको छ । ‘मी टु’ प्रकरणमा मुछिएका उनलाई फेरि उम्मे...
झापा जाँदा राजु चौधरीलाई निरन शाहीले एकपटक मात्रै भेटेका थिए । यी दुईलाई एउटा कुराले जोडेको थियो– सङ्गीत कर्म । बिर्तामोडको रेडियम ब्यान्डका गायक चौधरी उदीयमान सङ्गीतकर्मी थिए । यता शाही भने काठमाडौँको चर्चित ब्यान्ड अनुप्रस्थका फ्रन्टम्यान । सङ्गीत दुवैको प्यासन ...
उनका लागि समाज बाघजस्तो छ । समाजका मानिस बाघका डमरुजस्ता छन् । सोसल मिडियाका अन्तरक्रिया पुलिसजस्ता छन् । बाघ र डमरुका मुखबाट ज्यान जोगाउन मुटु दह्रो बनाउँछिन् तर सोसल मिडियामा बर्सिने घृणाका शब्द तारेभीरझैँ उनको थाप्लोमा बज्रिन्छन्, त्यसलाई पन्छाएर अघि बढ्न उनलाई हम्मे ह...
मुसा–बिरालोको खेल जस्तो देखिन्थ्यो, नगर प्रहरी र फुटपाथे पसलेहरुको दिनचर्या । नगर प्रहरी देख्ने बित्तिकै फुटपाथे पसलेहरु आफ्नो सामान लुकाउन दौडादौड गर्थे । कहिलेकाहीँ नगर प्रहरी उदार भइदिन्थ्यो । तर दशा बिग्रिएको बेला समातिन्थ्यो फुटपाथे पसले । अनि झ्याइँकुटी पार्...
अनुशासनको हिसाबले ३०–४० वर्ष अघिको समय उनलाई राम्रै लागेता पनि जमाना त अहिलेकै मनपर्छ । कसरी ? बगलमै रहेकी श्रीमती प्रश्न गर्छिन् । उनको खुल्दुली मेटाउँदै भन्छन्, ‘अहिले त एक अर्कासँग विवाह अघि नै कुरा गर्न पाइन्छ । सुरुमै माया गर्न पाइन्छ । मन जित्न पाइन्छ ...
काठमाडौँको व्यस्त सडकको उकाली ओरालीमा साइकल कुदाइ रहन्छन् उनी । काँधमा बडेमानको झोला हुन्छ । अनि झोलाभित्र चौरासी व्यञ्जनयुक्त खाना । आफूले बोकेको खानाको बास्ना आउँदा, ‘पैसा भएको भए म पनि त यस्तै खान्थेँ नि’ भन्ने लाग्छ उनलाई । तर मजबुरीको नाम महात्मा गान्...
अमेरिकी लेखक मार्क ट्वेनले भनेका छन्, ‘तिमीलाई मनपर्ने काम खोज, त्यसपछि तिमीले जीवनभर एकदिन पनि काम गर्नु पर्दैन ।’ किकी भुटियालाई पनि त्यस्तै लाग्छ । उनको बार यात्राले २२ बर्ष पूरा गरिसक्यो । तर, उनलाई एकदिन पनि काम गरेको जस्तो महसुस हुँदैन । ...
हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ । यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन...
उनी स्पेनमा जन्मिएकी हुन् । स्पेनको बार्सिलोना ठूलो सहर हो, काठमाडौँ जस्तै । तर, काठमाडौँले यदि महसुस गर्न सक्दो हो त सुख सुविधाको हिसाबले उसले आफूलाई बार्सिलोनाको सामुन्ने पुड्को महसुस गर्ने थियो । विभिन्न कारणले जीवन सरल छ त्यहाँ । यहाँ बस्नेले यस्तै भन्छन् । विलासिता...
उनको श्रवण शक्ति कम छ तर चित्रको आवाज स्पष्ट सुन्छन् । बोलीमा समस्या छ तर आफ्ना भाव सहजै कलामार्फत् व्यक्त गर्छन् । उनका छालामा केही दाग छन् तर ‘स्केच’ असाध्यै ‘क्लिन’ । शारीरिक रूपमा फिट तर बौद्धिक अपाङ्गता भएका उनी ‘आर्ट’ मा औधी रमाउँछन्...
बाक्लो–मैलो जिङ्रिङ्ग कपाल, च्यात्तिएको सर्ट, काँधमा मैलो पाइन्ट बोकेर कट्टु मात्रै लगाएका एक व्यक्ति खुमलटारतिर सधैं हिँड्थे लुखुर लुखुर । उनी सडकमै सुत्थे, खानाको लागि सडकमा फालिएको फोहर खोतल्थे, नालीको पानी खान्थे । ती व्यक्तिको दिनचर्या एक १४ वर्षीया क...
सोसल मिडिया प्ल्याटफर्म अल्लादिनको ‘म्याजिक ल्याम्प’जस्तै हो । सबैले यसलाई घोटेर भाग्यमानी हुन चाहन्छन् । धेरैलाई त अल्लादिनको मुख्यपात्र जिनीले अकल्पनीय वरदानसमेत दिएको छ । यस्तै वरदान पाउनेमध्ये एक हुन्, २३ वर्षीया दन्त चिकित्सक दीक्षा सापकोटा । ...
‘यो ‘कामिनी’ हो । धार्मिक बोट । यसलाई ‘गुडलक प्लान्ट’ पनि भनिन्छ ।’ ग्राहकहरुको जिज्ञासा मेटाउँदै र आफूले टेक्ने लठ्ठीले सानादेखि ठूला बोटलाई पालैपालो देखाउँदै उनले भने, ‘यसको ४ सय ५०, यसको ७ सय ५० र यसको ९ हजार रुपैया...
दसैँ खुसी र उमङ्गको चाड हो । दसैँलाई पारिवारिक जमघट तथा हर्षोल्लासको पर्यायवाची भन्दा फरक नपर्ला । मान्यजनहरुको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न देशभन्दा बाहिर रहेकाहरु पनि दसैँका लागि स्वदेश फर्कन्छन्, शहरमा भएकाहरु गाउँ फर्कन्छन् । त्यसैले त दसैँको धार्मिक, सांस्क...
दसैँ मेलमिलापको चाड हो । साथीभाइसँग भेटघाट, जमघट, रमाइलो गर्ने भनेर नै मानिसहरू दसैँ कुरेर बसेका हुन्छन् । रमाइलो गर्ने उद्देश्यसहित भेटघाटका क्रममा मानिसहरू विभिन्न पेय पदार्थका साथै मद्यपान पनि गर्ने गर्छन् । कतिले पारम्परिक रूपमा नै यस्ता पेय पदार्थ पिइरहेका हुन्छन् ...
दसैँ खुसी, हर्षोल्लास र उमंगको चाड हो । दसैँमा विशेषगरी मिठो परिकारमा जोड दिइन्छ । तर मीठा परिकार कसरी पकाउने त ? यसबारे धेरैलाई थाहा नहुन सक्छ । यहाँ आज हामी तपाईंलाई दसैँमा घर–घरमा पाक्ने खानेकुरालाई थोरै ट्वीस्ट दिँदा के–कस्ता खाना बन्छ...
अध्ययनको हिसाबले पुल्चोक इन्जिनियरिङमा पढेर ओभरसियरको भूमिकासमेत निभाएका उनले राष्ट्रसेवकका रुपमा लामो समय विभिन्न जिल्लादेखि सिंहदरबारभित्रका भवनमा व्यतीत गरे । जागिरे जीवनको लामो समय उनले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा बिताए । धेरै जिल्लामा ...
जीवनको सङ्घर्षमा खट्ने र डट्ने व्यक्ति नै सफल कहलिन्छ । उनी सफल छिन् । अत्यधिक सम्पत्ति, घरभरी विलासी सामान र महँगा गरगहना भएका कारण उनी सफल कहलाएकी होइनन् । अहिले उनको मन आनन्दको हाँसोले भरिएको छ । दुई छाक मीठो मसिनो खान सकेकी छिन् । दस नङ्ग्रा खियाउन शरीरले अहि...
कोरोनाको दोस्रो लहर क्रमशः मत्थर हुँदै गइरहेको अवस्थामा तेस्रो लहरको चिन्ता बढ्न थालेको छ । कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने आशंका गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित ...
‘तँ ठूलो भाग खोज्न गएकी थिइस्, केटी लिएर हिँडेको थिइस्, तैंले आफ्नो बानी सच्याउन सकिनस् होइन ? तँ अब कपाल पाल्, साडी लगा, कुर्ता लगा, तैंले अब केटासँग बिहे गर्नुपर्छ । तँ अब यसरी हिँड्ने होइन, नत्र त तैैले दुःखै पाउने हो ।’ कोभिड १९ को मार...
स्वभावले उनी विद्रोही हुन् । आफूलाई मनपरेको काममा कसैले ‘यसो नगर है’ भनेको कुरा फिटिक्कै टेर्दिनन् । चुनौती दिन्छिन् । ‘के होला र ? गरेरै देखाउँछु,’ एक प्रकारको विद्रोहले उनलाई गाँज्ने गर्छ । त्यसमा आफूलाई खरो उतार्नसमेत उनी सफल हुन्...
रकस्टार कर्ट कोबेनको मृत्युपछि उनकी आमाले भनेकी थिइन्, ‘कोबेन बुढो आत्मा भएका जवान व्यक्ति थिए ।’ तर हामीलाई यो कुरा सुनाउने व्यक्ति ‘जवान आत्मा भएका एक ज्येष्ठ नागरिक’ हुन् । त्यसैले त जीवनको ७० वर्ष पुग्नै लाग्दा पनि उनी जोसिला, रसिल...
हिन्दू धर्मावलम्बीहरुको महान चार्ड बडादशैैं लागिसकेको छ । यो चाँडको धार्मिक पक्ष र महत्त्व आफ्नै ठाउँमा छ, त्योभन्दा ठूलो यसको साँस्कृति पक्ष पनि छ, जसले गर्दा दशैं हिन्दूहरुको मात्र नभई गैर हिन्दूहरुको लागि पनि एउटा महत्त्वपूर्ण चाडको रुपमा मानिँदै र ...
आधुनिक जीवनशैलीले जन्माएको असन्तुलित आहारविहार र दिनचर्याको एउटा खराब नतिजा अनावश्यक मोटोपन भएको छ । त्यो मोटोपनबाट मुक्ति पाउनका लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तीमध्ये एउटा उपाय हो– खानपानको पथपरहेज । यस सिलसिलामा सबैभन्...