केन्द्रीय संस्करण

usa

अमेरिकी कदमविरुद्ध चीनद्वारा ११ अमेरिकीमाथि प्रतिबन्ध access_timeसाउन २६, २०७७

बेइजिङ । चीनले अमेरिकी सिनेटरहरु मार्को रुबिओ र टेड क्रुज समेतका ११ जना प्रभावशाली अमेरिकी नागरिक विरुद्ध प्रतिबन्धहरुको घोषणा गरेको छ ।  हङकङ मामिलासँग जोडिएको भन्दै अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्धहरु घोषणा गरेको विरोधमा चीनले उक्त घोषणा गरेको जनाए...

डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने टेड्रोसको अपेक्षा access_timeसाउन २४, २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उनले बताए । उ...

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ६ हप्ताको समयावधि access_timeसाउन २०, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने संकेत गरेलगत्तै माइक्रोसफ्ट समेतका कम्पनीह...

अमेरिकामा २४ घण्टाभित्र १ हजार ४४२ कोरोना सङ्क्रमितको मृत्यु access_timeसाउन १७, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित एक हजार ४४२ व्यक्तिको मृत्यु भएको छ ।  शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २०० भन्दा बढी ब्यक्तिको कोभिड–१९ को मह...

अमेरिकाको चीनविरुद्ध फेरि अर्को कदमः चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध access_timeसाउन १६, २०७७

एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनी सिन्जियाङ प्रोडक्सन एण्ड कन्स्ट्रक्सनका उत्पादन र त्यहाँ कार्यरत अधिकारीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले उक्त कम्पनीका अधिकारी सुन जिनलोङ र  पेङ जियारुईमाथि पनि प्रतिबन्ध लगाएको छ । अमेरिकी वित्त मन्त्रालयले उक्त कम्पनी र यसका कार्य...

अमेरिकामा कोरोनाबाट एकैदिन १ हजार ५९२ को मृत्यु access_timeसाउन १४, २०७७

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।  गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ...

अमेरिकी कम्पनीले निर्माण गरेको कोरोना खोपले जगायो आशा access_timeसाउन १४, २०७७

वासिङ्टन– अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ ।  खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलम...

अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु access_timeसाउन १३, २०७७

एजेन्सी । अमेरिकामा कोरोना खोपको अन्तिम परीक्षण सुरु भएको छ । कोरोना भाइरस विरुद्धको खोप निर्माणमा संसारकै सबैभन्दा ठुलो मानिएको अन्तिम परीक्षण सोमबार सुरु भएको हो । उक्त परीक्षणमा ३० हजार व्यक्तिहरुलाई सामेल गराइएको छ ।  संसारभर अहिले कोरोना भाइरसविरुद्धको खो...

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन access_timeसाउन ८, २०७७

एजेन्सी । अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्दै न्युयोर्कका बासिन्दालाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन आग्रह गरेका हुन् । यसअघि पनि अमेरिक...

अमेरिका फेरि आणविक बम निर्माणको तयारीमा जुट्यो access_timeसाउन ७, २०७७

एजेन्सी । रुस र चीनको खतरालाई मध्यनजर गर्दै अमेरिकाले फेरि आणविक बम बनाउन जुटेको छ । अमेरिकाले आगामी १० वर्षमा यसको औधोगिक उत्पादनमा ७० हजार करोड खर्च गर्ने प्रस्तावलाई अघि बढाएको छ । यसको उत्पादन अमेरिकाको क्यारोलिनास्थित सवाना नदीको किनारमा रहेको कारखाना र न्यु म...

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश, चीनको आपत्ति access_timeसाउन ७, २०७७

बेइजिङ । संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्याउने भन्दै विरोध गरेको छ ।  विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबी...

अमेरिकासँग वार्ता असान्दर्भिक– उत्तर कोरिया access_timeअसार २०, २०७७

एजेन्सी । उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार बताएका छन् । दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो । अम...

अमेरिका र बेलायत एकसाथ आइलागेपछि चीनले दियो चेतावनी ! access_timeअसार १८, २०७७

एजेन्सी । हङ्कङमा राष्ट्रिय सुरक्षा नीति लागू गर्ने चीनको कदमको बेलायत लगायतका मुलुकहरुले चर्को विरोध गरेका छन् । बेलायतले हङ्कङमा रहेका ३० लाख नागरिकलाई आफ्नो मुलुकमा बसोबासका लागि प्रस्ताव गरेको छ भने अमेरिकी प्रतिनिधिसभामा बैंकहरुमाथि प्रतिबन्धसहितको हङ्कङ स्वायत्तता...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तत्काल गिरफ्तार गर्न वारेन्ट जारी access_timeअसार १५, २०७७

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिरफ्तारका लागि वारेन्ट जारी गरेको छ । इरानले ट्रम्पको गिरफ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ । इरानको यो कदमलाई जनवरीमा बगदादमा गरिएको ड्रोन हमलासँग जोडिएर हेरिएको छ । जहाँ इरानका कुदस सेनाका प्रमुख कासिम ...

जापानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव access_timeअसार १४, २०७७

एजेन्सी । जापानले दक्षिण कोरियालाई जी ७ मा समावेश गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको छ । जापानको न्युज एजेन्सी क्योदोका अनुसार जापानले चीन र उत्तरकोरियासँग सम्बन्धित मुद्दाहरुमा दक्षिण कोरियाको जी ७ मुलुकहरुको भन्दा फरक मत रहेको भन्दै अमेरिकी प्रस्तावलाई अस्वीकार ग...

अमेरिकाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री सहयोग access_timeअसार १०, २०७७

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई ४ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार जंगी अड्डामा आयोजिक एक कार्यक्रमका बीच नेपालका लागि  अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानसेनापति पूर्णचन्द्र थापालार्य स्वास्थ्य सामाग्री हस्तान्तरण ग...

इरानविरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव access_timeअसार ९, २०७७

संयुक्तराष्ट्र संघ । संयुक्तराज्य अमेरिकाले इरान विरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद समक्ष प्रस्ताव गरेको छ ।  अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित तेल प्रशोधन केन्द्रहरुमा भिषण हमला इरानले गरेको आरोप ...

अमेरिकी कदमको इरानद्वारा निन्दा access_timeअसार ४, २०७७

तेहरान । अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ ।  सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । सो कार्यको विरोध गर्दै इरानले सो घटनाल...

‘कोभिड–१९’ का विरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने access_timeअसार ३, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ । अमेरिकाले मङ्गलबार यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । अमेरिकाले पठाएको भेन्टिलेटरहरु बुधबार भारत आइपुगेका छन् । त्यसपछि प्रतिक्रिया दिँदै अमेरिकाले सो धारणा राखे...

अमेरिकामा २४ घन्टायता ४ सयभन्दा कमको मृत्यु access_timeअसार २, २०७७

एजेन्सी । संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको ह...

Page 1 of 3