केन्द्रीय संस्करण

japan

कोरोनाको कहरः ३७ सय यात्री ७ दिनदेखि समुद्रमा फसे, क्रुजका १३५ व्यक्ति संक्रमित access_timeमाघ २८, २०७६

जापानको योकोहामा नजिकै क्वारेन्टानको लागि छोडिएको क्रुजभित्रका १३५ यात्रीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  संक्रमितको संख्या बढ्दै गएपछि क्रुजभित्रका चालक दलका सदस्यले सहयोगको याचना गरेका छन् । यसले जहाजभित्रका करिब ३७ सय यात्रीलाई किनारामा राखेर स्वास्थ्य परी...

क्रुज शिपमा रोकिएका हज्जारौं व्यक्तिलाई पाँच दिनपछि छोडियो access_timeमाघ २७, २०७६

हङ्गकङ्गमा पाँच दिनदेखि एक क्रुज शिपमा फसेका हज्जारौं व्यक्तिलाई कोरोना भाइरस परीक्षणमा नेगेटिभ भेटिएपछि बाहिर जाने अनुमती दिइएको छ । वर्ल्ड ड्रीम शिपमा सवार ३ हजार ६ सय यात्री र क्रुका सदस्यलाई पछिल्लो यात्रामा भाइरसको सम्पर्कमा आएका छन् कि भन्ने डरले क्रुजभित्रै रोकिए...

३७ सय यात्री बोकेको क्रुजभित्रका ६१ जनामा भेटियो कोरोना भाइरस access_timeमाघ २४, २०७६

जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका अन्य ४१ जनामा कोरोना भाइरस भेटिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ । ३७ सय यात्री बोकेको डायमण्ड प्रिन्सेस क्रुज पछिल्लो दुई हप्तादेखि योकोकामामा छोडिएको छ । हङ्गकङ्गका ८० वर्षे एक ...

श्रीमान‍्ले कम खर्च गर भनेपछि जापानी मोडलले विवाहको एक हप्ताभित्रै गरिन् डिभोर्स access_timeमाघ २२, २०७६

जापानकी एक मोडल कातो सारीले विवाह गरेको एक हप्तामा नै श्रीमान‍्सँग सम्बन्धविच्छेद गरेकी छिन् । श्रीमानले कम खर्च गर्न भनेपछि आफूले रिसाएर सम्बन्धविच्छेद गरेको उनले बताइन् । २९ वर्षे कातो सारी विलासी जीवनशैलीका लागि परिचित छिन् । उनी असाध्यै महँगो फेसन ब्रान्डकी पा...

३७ सय यात्री बोकेको क्रुजभित्र थिए एक संक्रमितः ३१ जनाको रगत परीक्षणको नतिजा आउँदा १० मा देखियो कोरोना भाइरस access_timeमाघ २२, २०७६

जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र भएका अन्य १० जनामा पनि कोरोना भाइरस भेटिएको जापानका स्वास्थ्यमन्त्री कात्सुनोबो कातोले बुधबार जानकारी दिए । द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले...

क्रुजभित्र हङकङका एक व्यक्ति कोरोनाबाट संक्रमित भेटिए, जापानी सरकारले ३५ सय यात्रीलाई जहाजमै छोडिदियो access_timeमाघ २१, २०७६

जापानले एउटा क्रुजलाई कोरोनाभाइसरको डरले बन्दरगाहमा नै छोडिदिएको छ । यसमा २५ सय यात्री र एक हजार क्रु मेम्बर्स छन् । डायमन्ड प्रिन्सेज क्रुजमा हङ्कङका एक व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भेटिएपछि अधिकारीले जहाजलाई बन्दरगाहमा नै अलग्गै स्थानमा राख्ने निर्णय लिएको हो । संक्रम...

जापानका अर्बपती चन्द्रमा भ्रमण गर्न २० वर्ष पुगेकी ‘जीवनसाथी’ को खोजीमा access_timeपुस २८, २०७६

जापानका अर्बपती युसाकु मिजावा चन्द्रमामा भ्रमण गर्न महिला जीवनसाथीको खोजीमा भएको बीबीसीले बताएको छ । ४४ वर्षे यी अर्बपती स्टारसिप रकेटमार्फत् चन्द्रमाको फन्को लगाउने पहिलो सर्वसाधारण हुनेछन् । सन् २०२३ का लागि बनाइएको यो योजना सन् १९७२ पछि सर्वसाधारणद्वारा गरिने पह...

परमाणु बम हमलामा बचेका दुई भवनलाई किन भत्काउन चाहन्छ जापान ? access_timeपुस २, २०७६

सन् १९४५ को परमाणु हमलामा पनि नढलेका दुई भवन जापानको हिरोशिमा शहरले भत्काउने योजना बनाइरहेको छ । यद्यपि, केही स्थानीयले त्यसलाई ऐतिहासिक धरोहरको रुपमा बचाइराख्नुपर्ने बताएका छन् । सन् १९१३ मा निर्मित यी दुई भवनलाई सेनाले कपडा बनाउने कारखानाको रुपमा गरेका थिए ...

जापानलाई उत्तर कोरियाको धम्कीः ब्यालेस्टिक मिसाइल देखाऔं त ? access_timeमंसिर १५, २०७६

उत्तर कोरियाले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई ‘मूर्ख’ र ‘राजनीतिक रुपमा कच्चा’ बताएका छन् । उत्तर कोरियाले जापानका प्रधानमन्त्रीले उत्तर कोरियाको ताजा मिसाइल परीक्षणबारे गलत जानकारी दिइरहेको आरोप लगाएको  छ । बिहिबार शिन्जो आब...

बदला लिनका लागि ६१ वर्षका वृद्धले चोरे १५९ साइकल सिट, पुलिससमेत चकित access_timeअसोज २८, २०७६

जापानको टोकियोमा ६१ वर्षका एक वृद्धलाई साइकलका १५९ सिट चोरीको आरोपमा पक्राउ गरिएको छ । आरोपीको नाम आकियो हतोडी हो । उनले १५९ वटा साइकलको सिट यसकारण चोरेका थिए किनभने उनको साइकलको सिट चोरी भएको थियो । शहरमा थुप्रै दिनदेखि लगातार साइकलको सिट चोरीको घटना बढिर...

६० वर्ष यताकै शक्तिशाली आँधीपछि जापानको अवस्था २३ तस्बिरमा हेर्नुहोस् access_timeअसोज २७, २०७६

जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी  हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् ।  हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।  REUTERS/Kim...

जापानमा भीषण आँधीपछि उद्धारका लागि सेना तैनाथ, एक वृद्धा हेलिकोप्टरबाट खसिन् access_timeअसोज २७, २०७६

जापानमा आएको भीषण आँधीपछि उद्धारका लागि हज्जारौं जवान र उद्धारकर्मी तैनाथ गरिएको छ । यो आँधी ६० वर्ष यताकै शक्तिशाली आँधी मानिएको छ । आँधीका कारण कम्तीमा २३ को मृत्यु भएको छ । आँधी हगिबिस शनिबार राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमिम...

जापानमाथि बर्सियो ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाको कहर access_timeअसोज २६, २०७६

मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन् । चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इज...