केन्द्रीय संस्करण

भारत

कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु access_timeचैत ४, २०७६

मुम्बइ– कोरोनाभाइरसका कारण भारतमा तीन जनाको मृत्यु भएको छ । महाराष्ट्रको कस्तुरबा अस्पतालमा कोरोनाभाइरस (कोभिड–१९)बाट एक ६४ वर्षीय बृद्धको मृत्यु भएको छ ।  कोरोनाभाइरसको सवैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन् । महाराष्ट्रमा हालसम्म ३९ केसहरु...

कोरोनाको त्रास : नेपालसँगको सीमाक्षेत्रमा भारतको कडा निगरानी, युपीमा १२ जनामा संक्रमण access_timeचैत १, २०७६

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस ( कोभिड–१९) को विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । नेपालमा ४ सय ५० जनाको नमूना परीक्षण गर्दा एकजनामा मात्रै संक्रमण देखिएको छ र ती व्यक्ति पनि उपचारपछि कोरोनामुक्त भइसकेका छन् ।  नेपालको छिमेकी भारतमा भने कोरोनाब...

कोरोना महामारी : भारतमा आफ्ना नागरिकसहित सम्पूर्ण विदेशीको आगमनमा रोक access_timeफागुन २९, २०७६

एजेन्सी । भारतले मार्च १३ बाट लागु हुने गरी विदेशबाट भारत आउन खोजेका सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ ।  कोरोनाभाइरस प्रकोपले महामारी रुप लिएपछि भारतले उक्त कठोर कदम उठाएको हो । भारतको यात्रा प्रतिबन्ध कोरोनाभाइरसको प्रसार रोक्न कुनै देशले लागु गरेको ...

भारतमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रीको मृत्यु access_timeफागुन ८, २०७६

काठमाडौं । भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २ जना महिला ४ जना पुरुष र...

भारतले पुनःनिर्माण गर्दै ७० विद्यालय access_timeफागुन ६, २०७६

काठमाडौं । भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालका ७० विद्यालयको पुनःनिर्माणको काम सम्पन्न गर्ने तयारी गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पपश्चात नेपालका विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माणका लागि शुरु गरेको परियोजनाबारे जानकारी दिँदै क...

नेपालबारे नयाँ रणनीति बनाउँदै भारत access_timeफागुन २, २०७६

काठमाडौँ ।  भारतीय जनता पार्टी (भाजपा) निकट इण्डिया फाउण्डेशन र नीति अनुसन्धान प्रतिष्ठान नेपालले नेपालका नेताहरुलाई भारत बोलाएर दुई दिनसम्म औपचारिक र अनौपचारिक छलफल गरेका छन् । नेपालमा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै भारतका भाजपा नेतृत्वको सरक...

भारतको नीति तथा कार्यक्रमका २५ बुँदा: नागरिकता ऐनदेखि धारा ३७० सम्म access_timeमाघ १७, २०७६

एजेन्सी । भारतमा राष्ट्रपति रामनाथ कोविन्दले मोदी सरकारको दोस्रो कार्यकालको पहिलो वर्षको नीति तथा कार्यक्रम भारतीस संघीय संसदमा प्रस्तुत गरेका छन् । बजेटको अघिल्लो दिन संसदको संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति कोविन्दले आफ्नो सम्बोधनमा मोदी सरकारको उपलब्धि नै उपलब्ध...

५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य पूरा गरेरै छाड्छौं : भारत access_timeमाघ १७, २०७६

काठमाडौं । भारतले ५ ट्रिलियन डलरको अर्थतन्त्रको लक्ष्य हासिल गरेरै छाड्ने जनाएको छ । भारतको लोकसभा र राज्यसभाको संयुक्त सत्रमा आर्थिक वर्ष २०२०÷२१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारले लिएको २०२४ भित्र ५ खर्बको अ...

भारतमा यसरी मनाइयो ७१ औं गणतन्त्र दिवस, तस्बिरमा हेरौं access_timeमाघ १२, २०७६

नयाँदिल्ली ।  भारतले आइतबार ७१ औं गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दिल्लीको राजपथमा परेड आयोजना भयो । परेडमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए ।   राजपथमा ठूलो संख्यामा दर्शकहरु भेला भएका थिए । यसपटकको परेड कार्यक्रममा राष्ट्रिय ...

भारत र ब्राजिलबीच १५ बुँदे सम्झौतापत्रमा हस्ताक्षर access_timeमाघ ११, २०७६

एजेन्सी । भारत र ब्राजिलले साइबर सुरक्षा, जीवविज्ञान तथा स्वास्थ्य र औषधिलगायतका विभिन्न क्षेत्रलाई समेट्ने गरी १५ बुँदे सम्झौतापत्रमा शनिबार हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारोबीच भएको द्विपक्षीय वार्तापछि ती दुई म...

पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने access_timeमाघ २, २०७६

काठमाडौँ । नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ । मन्त्रिपरिषदको पुस २८ गते बसेको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई उक्त परिणामको रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको हो । ‘साइटिस सन्धी र संकटापन्ना वन्यजन्तु ...

भारत–र मलेसियाबीच तनाव बढ्यो, महाथीरले भने–हामी झुक्दैनौँ access_timeमाघ १, २०७६

क्वालालम्पुर । मलेसिया र भारतबीचको सम्बन्ध चिसिन थालेको छ । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले जम्मु–कश्मीरलाई भारतीय संविधान अन्तर्गत दिइएको विशेष दर्जा खारेज गरिएको र नागरिकता संशोधन विधेयकका बारेमा भारतको चर्को आलोचना गर्दै आएका छन् । प्रत्युत्तरमा भारत...

भारतमा ४ जनालाई मृत्युदण्डको फैसला access_timeपुस २२, २०७६

एजेन्सी । भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्...

भारतले सन् २०२६ मा जर्मनी र सन् २०३४ मा जापानीलाई उछिनेर तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण access_timeपुस १५, २०७६

 एजेन्सी । भारतले सन् २०२६मा जर्मनीलाई उछिनेर चौथो ठूलो अर्थतन्त्र बन्न सक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।  संयुक्त अधिराज्यस्थित ‘सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेस रिसर्च(सीईबीआर)’को पछिल्लो रिपोर्टमा यो तथ्याङ्क उल्लेख छ ।  रिपोर्टका अनुसार स...

सन् २०२६ मा भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सक्ने access_timeपुस १४, २०७६

लखनऊ । सेन्टर फर इकोनोमिक एन्ड बिजेनस रिसर्चले हालै सार्वजनिक गरेको एक रिपोर्टले सन् २०२६ मा भारतले जर्मनीलाई पछाडि छाड्दै विश्वकै चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । रिपोर्टमा सो समयमा भारतको कूल ग्राहस्थ उत्पादन पाँच ट्रिलियन डलरसम्म पुग्ने बताइएको छ । यद्यपि...

नेपाल ए.पी.एफ.स्कुलका लागि भारतद्वारा छात्रावास भवन निर्माण access_timeपुस ६, २०७६

काठमाडौँ । भारतको सहयोगमा कीतिपुरस्थित नेपाल ए.पी.एफ.स्कुलका छात्राका लागि निर्माण गरिएको छात्रावास भवनको निर्माण सम्पन्न भएको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले आइतबार भवनको औपचारिक रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमा नेपाल सशस्त्र प्रह...

भारतमा नागरिकतासम्बन्धी नयाँ कानून विवादमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो (अपडेट) access_timeपुस ४, २०७६

नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीले बताएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चार...

भारतमा आन्दोलन जारी, मृत्यु हुनेको संख्य ३ पुग्यो, सयौं पक्राउ (अपडेट) access_timeपुस ४, २०७६

एजेन्सी ।  भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ ।  राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्त...

लैंगिक समानताको सूचकाङ्कमा नेपालले भारतलाई उछिन्यो, भारत अघिल्लो वर्षभन्दा चार स्थान खस्कियो access_timeपुस २, २०७६

एजेन्सी । महिला र पुरुषबीचको समानताको सूचकाङ्कमा नेपालले अघिल्लो वर्षभन्दा केही सुधार गरेको देखिएको छ । अघिल्लो वर्ष १०५ औं स्थानमा रहेको नेपालले समानताको मापनमा सुधार गरेर १०१ औं स्थान हासिल गरेको छ ।  यो अवधिमा भारतको महिला र पुरुषबीचको समानताको सूचका...

नागरिकता कानुन संशोधन दिल्लीमा फेरि हिंसा, प्रधानमन्त्री मोदीद्वारा शान्त बन्न आग्रह access_timeपुस १, २०७६

नयाँ दिल्ली । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरेका छन् । देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको ...

Page 1 of 4