केन्द्रीय संस्करण

बार्सिलोना

बार्सिलोनालाई ग्रानाडाको धक्का, शीर्ष स्थानमा उक्लने मौका गुम्यो access_timeबैशाख १७, २०७८

आफ्नै घरेलु मैदानमा ग्रानाडासँग स्तब्ध हुँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । लियोनेल मेस्सीले एन्टोनी ग्रिजमानको पास...

एथ्लेटिकोसँग दुरी घटाउँदै बार्सिलोना access_timeफागुन २३, २०७७

  १८ वर्षीय इलाइक्स मोरिबाले क्लबका लागि पहिलो गोल गर्दा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा घटाउन सफल भएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोना २–० गोलले विजयी बनेको हो । कप्तान लियोनेल मेस्स...

मेस्सीको ६५० औँ गोलमा बार्साको जीत access_timeमाघ १९, २०७७

  लियोनेल मेस्सीले करियरको ६५० औँ गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको छ । फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । क्लबका लागि फ्रिकिकमार्फत् उनको यो ४९ औँ गोल थियो । तर, दोस्र...

मेस्सीको दुई गोलमा बार्सिलोनाको अपराजित यात्रा जारी, रियल रोकियो access_timeपुस २६, २०७७

  बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रानाडामाथि सहज जित हासिल गरेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रनाडामाथि ४–० को सहज जित हासिल गरेको हो । खे...

बार्साको ३० वर्ष यताकै खराब सुरुवात, सन् १९९१ पछि क्याडिजसँग पहिलोपटक पराजित access_timeमंसिर २१, २०७७

  नवप्रवेशी क्याडिजसँग बार्सिलोना सन् १९९१ पछि पहिलोपटक पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एकविरुद्ध दुई गोलको अन्तरले पराजित भएको हो । रोचक कुरा, पछिल्लो पटक बार्सिलोना क्याडिजसँग पराजित हुँदा म्यानेजर रोनाल्ड कोम्यान खेलाडीका रुपमा बार्सिलोन...

ला लिगाः बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो access_timeमंसिर ७, २०७७

  बार्सिलोनालाई हराउँदै एथ्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडसँग अङ्क बराबरी गर्न सफल भएको छ । पराजयसँगै बार्सिलोना शीर्ष स्थानबाट ९ अंकले पछि परेको छ । यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल खेलमा ...

ला लिगामा बार्सिलोनाको विजयी शुरुवात access_timeअसोज १२, २०७७

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो । खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले ...

मेस्सीको प्रेरणामा लिग उपाधि जित्ने बार्सिलोनाको आशा कायमै access_timeअसार २२, २०७७

फर्ममा रहेको भिल्लेरियालमाथि ४–१ को जीत निकाल्दै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दुरी ४ अंकमा झार्न सफल भएको हो । खेलमा बार्सिलोनाले पाउ टोरेसको आत्मघाती गोलको मद्दत...

मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना access_timeअसार १७, २०७७

पेनाल्टीमार्फत लियोनेल मेस्सीले करियरको ७ सयौँ गोल पुरा गर्दा बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेल २–२ को बराबरीमा टुंगिएको हो । क्लबका लागि मेस्सीको ७२४ खेलमा यो ६३० औँ गोल हो । १४ महिनाअघि मात्र करियर...

बार्सिलोनाको प्रशिक्षण गर्न तयारी गरिरहेको ज्याभीको खुलासा access_timeअसार १५, २०७७

आफू र आफ्नो स्टाफले बार्सिलोनाको प्रशिक्षण गर्नका लागि अत्यधिक तयारी गरिरहेको बार्सिलोनाका ‘लिजेन्ड’ ज्याभीले खुलासा गरेका छन् । हाल अल–सादको म्यानेजर रहेका ज्याभीलाई यसअघि बार्साले अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि रिक्त प्रशिक्षक पदको प्रबल दाबेदार म...

बार्सिलोना पुनः शीर्ष स्थानमा access_timeअसार १०, २०७७

इभान र्‍याकिटचको एक मात्र गोलको मद्दतले बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई पारजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेल सकिन १९ मिनेट अघि लियोनेल मेस्सीको पासमा गरेको उनको गोल नै खेलमा निर्णायक बन्न पुग्यो । ला लिगामा यो सिजन मेस्सीको यो १५ औँ एस...

बराबरीमा रोकियो बार्सा, उपाधि होड खुला access_timeअसार ६, २०७७

साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ । तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल ...

बार्सिलोनाका खेलाडी तबल कटौतीमा सहमत access_timeचैत १८, २०७६

स्पेनिस महारथि बार्सिलोनाका खेलाडीले तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमति जनाएका छन् ।  कोरोना भाईरसले फुटबल लगायत गतिविधि ठप्प भएपछि बार्सिलोनाले ठूलो आर्थिक संकटमा पर्ने भन्दै खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको थियो ।  सुरुवातम...

मेस्सीको ‘एसिस्ट’को ह्याट्रिकमा बार्साको पुनरागमन access_timeमाघ २७, २०७६

स्पेनिस ला लिगामा बार्सिलोनाले दुईपटकसम्म एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल बेटिसमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली बेटिसले खेलको छैटौँ मिनेटमा नै सर्जियो कानालेसको पेनाल्टीबाट अग्रता लिएको थियो । तर, तीन ...

बार्सिलोना र रियल कोपा डेल रे बाट आउट access_timeमाघ २४, २०७६

स्पेनिस महारथि बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । बिहिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । अर्को खेलमा घरेलु टोली रियल म्याड्रिड रियल सोसियडाडसँग ४–३ गोलको हार खेप्दै बाह...

फातीको गोलमा बार्सिलोना विजयी access_timeमाघ २०, २०७६

सुपर स्टार लियोनल मेस्सी र युवा स्टार अन्सु फाती चम्किएपछि साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लिभान्तेमाथि रोचक जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई २–१ गोलले हरायो । बार्सिलोनाको जितमा दुवै गोल फातीले ग...

मेस्सीको निर्णायक गोलमा बार्सिलोना शीर्ष स्थानमा access_timeमाघ ६, २०७६

स्पेनिस महारथि बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै बार्सिलोनाले पुनः शीर्ष स्थान कब्जा गरेको हो । शीर्ष स्थानमा पुनरागमन गर्ने क्रममा बार्सिलोनाले रियल म्याड्रिडलाई पछि पा...

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा access_timeमंसिर १५, २०७६

साविक विजेता बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसालाई उसैको मैदानमा २–१ गोलले हराउँदै रियलले शीर्ष स्थान कब्जा गरेको हो । जितसँगै रियलले १४ खेलबाट ३१ अंक बनाएको छ ...

रियलको जीतमा बेलबिरुद्ध हुटिङ्ग access_timeमंसिर ८, २०७६

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । ३–१ को जीत निकाल्दै रियलले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अङ्क बराबरी गरेको हो । विलियान जोसेले खेलको दोस्रो मिनेटमा नै गोल गर्दै सोसिडाडला...

बार्सिलोनाको कठिन जित access_timeमंसिर ७, २०७६

एजेन्सी । स्पेनिस महारथि बार्सिलोनाले ला लिगामा कठिन जित हात पारेको छ । शनिबार साँझ भएको खेलमा साविक विजेता बार्सिलोनाले रेलिगेसनको मारमा रहेको लेगानेसलाई उसैको मैदानमा २–१ गोलले हरायो ।  खेलमा सुरुवाती अग्रता लेगानेसले लिएको थियो । १२औं मिनेट...

Page 1 of 2