केन्द्रीय संस्करण

कोरोनाभाइरस

चीनमा ४५ जना नयाँ कोरोना संक्रमित, १ मात्र स्थानीय संक्रमण access_timeचैत १६, २०७६

चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित फेला परेका छन् । योसँगै देशमा कूल संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यद्यपि, नयाँ संक्रमित मध्ये ४४ जना बाहिरबाट आएका हुन् । एक जनामात्र स्थानीय रुपमा संक्रमित बनेका हुन् । यसको साथ...

कोरोना कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग, हरेक प्रदेशलाई १० लाख दिने access_timeचैत १६, २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को रोकथामका लागि  सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ ।  कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेल...

कोरोना प्रभावितलाई विशेष राहत घोषणा गर्ने सरकारको तयारी, लकडाउनबारे पनि छलफल हुने access_timeचैत १६, २०७६

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई सरकारले विशेष राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । आइतबार बस्ने कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयसमितिको बैठकमा यसबारे छलफलपछि निर्णय लिने त...

प्रदेश ५ः २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ, १३ जना आइसोलेशनमा access_timeचैत १६, २०७६

प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये  ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा उमाशंकर चौधरीले  रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्...

वातावरणमा कोरोनाभाइरसको प्रभाव कस्तो पर्ला ? access_timeचैत १६, २०७६

मार्था हेनरिक्स । बीबीसी केही महिनामै संसार बदलिएको छ । हजारौँले ज्यान गुमाए, सयौँ हजार कोभिड–१९ का बिरामी छन् । डिसेम्बर २०१९ मा उहान सहरमा देखिनुअघि कोभिडबारे कसैलाई थाहा थिएन । ती दशौँ लाख जो सङ्क्रमित छैनन्, आज उनीहरुको जीवन पनि पूर्णतया बदलिएको...

संसारको तीब्र कम्प्युटरले पहिचान गर्‍यो कोभिड–१९ विरुद्धका ७७ सम्भाव्य औषधी access_timeचैत १५, २०७६

सारा संसारका वैज्ञानिक जगत् यतिखेर कोरोनाभाइरसका विरुद्ध खोप एवं औषधी पत्ता लगाउने महाअभियानमा जुटेका छन् । विश्वलाई नै आफ्नो प्रकोप वर्षा गरिरहेको कोभिड–१९ का विरुद्ध औषधी र खोप पत्ता लगाउन जति ढिलो हुन्छ, उत्ति नै संक्रमित र हताहत हुनेको संख्या पनि बढ्दै जाने ...

इटाली : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो ! (अपडेट) access_timeचैत १५, २०७६

कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहर...

स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचारको आरोप : स्वास्थ्य मन्त्रालयले भन्यो, ‘टेन्डर गर्दा कोही आएनन्’ access_timeचैत १५, २०७६

काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु चीनबाट आयत गर्दैछ । नेपाली व्यवसायीले जम्मा गरेको स्वास्थ्य उपकरण लिनका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो चीनको ग्वान्झाओका लागि प्रस्थान गरिसकेको छ । र...

कोरोनाभाइरससँग लड्न अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने access_timeचैत १५, २०७६

कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर (करिब (साढे २१ करोड नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ । अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअर...

कोरोनाभाइरस लागेकी २६ वर्षे युवतीको बयानः एकाएक बोल्नै नसक्ने भएँ, स्वास फेर्न गाह्रो भयो access_timeचैत १५, २०७६

मेरो उमेर मात्र २६ वर्ष । मलाई यसअघि श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्या थिएन । म दिनभरि जसो शारीरिक परिश्रम गरिरहेकी हुन्छु । चुरोट पिउँदिन । कोरोना सङ्क्रमणको अहिलेको विकराल स्थितिमा म अरू बिरामीहरूकी सहयोगी हुन सक्छु भन्ने मलाई लाग्थ्यो । तर बिडम्बना ! कोरोना (कोभि...

कोरोनाभाइरस : चमेरादेखि मानिससम्मको यात्राको पोस्टमार्टम access_timeचैत १५, २०७६

२१ औं शताब्दी अर्थात् जेनेटिक इन्जिनियरिङ्ग, रोबोटिक्स र आर्टिफिशियल इन्टेलिजेन्सको यो अति वैज्ञानिक युगमा कुनै देशमा कोभिड–१९ जस्तो भाइरसको संक्रमण सम्भवतः एक वैज्ञानिक त्रुटिबाट निर्मित आविष्कार हुनसक्छ । तर गत वर्ष डिसेम्बर महिनामा चीनको ऊहान प्रान्तबाट सुरु भएको य...

यतिखेर अमेरिकाले हारेको छ access_timeचैत १५, २०७६

यतिखेर अमेरिकाले हारेको छ । एउटा सिपाही वा देश हार्दा त्यो सिपाही वा देशलाई कस्तो अनुभव हुन्छ, अहिले अमेरिकालाई त्यस्तै अनुभव गरेको महसुस गरेको छु ।  अमेरिका विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र हो, सामरिक युद्धका दृष्टिले । तर पनि ऊ हारेको छ, यतिबेला एउटा भा...

कोरोनाभाइरसः ‘टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइनहालौं’ access_timeचैत १५, २०७६

  संक्रमण रोगका अनुसन्धानकर्ता डा. सुरज भट्टराईले कोरोनाभाइरसको टेस्ट नेगेटिभ आउँदैमा ढुक्क भइहाल्न नसकिने तथ्य औंल्याएका छन् । ट्वीटरमा आफ्ना धारणाहरु सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् । आफ्नो ट्वीटर ह्याण्डल Suraj Bhattarai@DrBhattaraiS मा ट्वी...

युएईमा फेरि २ जना नेपालीमा कोरोना संक्रमण भेटियो access_timeचैत १५, २०७६

युएईमा फेरि २ जना नेपालीमा  कोरोना  भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो। सो मन्त्रालयले जनाएअनुसार हाल उ...

कोरोना कहर: बाघ मार्न जाँदा स्यालमार्ने तयारी access_timeचैत १५, २०७६

कोरोना भाइरसको संक्रमणले अहिले संसार नै आतंकित छ । समग्र जनस्वास्थ्यमा एकैचोटि ठूलो चुनौती देखापरेको छ, जसको परिणामस्वरुप विश्व अर्थतन्त्र नै प्रभावित हुँदैछ । युरोप तथा अमेरिकाजस्ता मुलुकमा यस भाइरसको संक्रमण र मर्नेहरुको बढ्दो संख्याले विश्व जनसमुदायलाई नै त्रसित...

महामारीमा सुरक्षा पोशाकको आतंक access_timeचैत १५, २०७६

आतंकवादले मानव सभ्यताको कुनै ख्याल गदैन । न उसको जात हुन्छ न धर्म भने जस्तै महामारीमा पनि त्यस्तै हुन्छ ।  जुनसुकै महामारीले पनि क्षति गर्छ गर्छ, खाली त्यति मात्र हो कि कति गर्छ थाहा हुँदैन । तर सबैको प्रयास क्षति न्यूनीकरणतिर हुन्छ । महामारी घण्टी बजाउँदै वा शंख...

कोरोना संक्रमित चौथो व्यक्तिले क–कसलाई भेटे ? प्रहरीले थाल्यो खोजबिन access_timeचैत १५, २०७६

कैलाली । चैत्र ११ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका युवक कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनले क–कसलाई भेटे भन्नेबारेमा खोजबिन सुरु गरेको छ ।  धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय ती युवा नेपाल ...

जनस्वास्थ्य विज्ञहरु भन्छन् : कोरोना जाँच्ने छुट्टै अस्पताल चाहिन्छ access_timeचैत १५, २०७६

चीनबाट महामारीको रुपमा भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण अहिले विश्वभर फैलिरहेको छ । नेपालमा कोरोना संक्रमित देखिएसँगै यसलाई महामारीको रुपमा फैलन नदिनका लागि सरकारले कोरोना पहिचान र उपचारको लागि कोरोना अस्पताल छुट्टै बनाउनुपर्ने विज्ञहरुले बताएका छन् । ...

दुबईबाट इमिरेट्सको जहाजमा दिल्ली हुँदै नेपाल आएका थिए चौथो कोरोना संक्रमित व्यक्ति access_timeचैत १५, २०७६

कोरोना संक्रमणको पुष्टि भएका चौथो व्यक्ति संयुक्त अरब इमिरेन्टस (युएई) को दुबईबाट इमिरेट्सको विमानबाट नेपाल आएको खुलेको छ । चैत ७ अर्थात् (मार्च २०) मा स्थानीय समयअनुसार बिहान ४ बजेर २७ मिनेटमा इमिरेट्स एअरबाट उनी दिल्लीका लागि उडेका थिए । स्रोतका अनुसार उनी २० म...

कोरोनाको कहरबाट सामान्य जीवनतर्फ फर्कदै हुबेई, तस्विरमा हेर्नुहोस् access_timeचैत १५, २०७६

चीन बिस्तारै कोरोनाको कहरबाट उस्कन थालेको छ । हुबेइ प्रान्तको ऊहान सहरबाट शुरु भएको यो भाइरस यतिबेला विश्वभर फैलिरहेको छ । अब शनिबारबाट हुबेई प्रान्तमा सबे–वे सेवा सुरु गरिदैछ । बजारहरु खुल्न थालेका छन् भने मानिसहरु बाहिर निस्कन थालेका छन् । ९ हप्तापछि हु...

Page 1 of 18