शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्जन चम्किएपछि ताइपेईमाथि नेपालको सानदार जित

मङ्गलबार, २४ भदौ २०७६, १९ : २७
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं – नेपाली टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ । मंगलबार  भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले हरायो ।

नेपालको जितमा अन्जन बिष्ट नायक बने । अन्जनले खेलको तेस्रो र ६२ औं मिनेटमा  गोल गरेका थिए । अन्जनले पहिलो गोल करिबव २५ यार्ड टाढाबाट फ्रिककमा गरेका थिए । ताइपेईका खेलाडीले रवि पासवानलाई लडाएपछि पाएको फ्रिककमा अन्जनले गल्ती गरेनन् । अन्जनले दोस्रो गोल सुजल श्रेष्ठको पासमा गरेका थिए ।

एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत यस जितसँगै नेपालले अघिल्लो खेलमा कुवेतसँगको नमिठो हारलाई केही हदसम्म बिर्साइदिएको छ । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट तीन अंक बनाएको छ । 

समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । ताइपेईको भने यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा ताइपेई जोर्डनसँग हारेको थियो ।

विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ । नेपालले अब चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप