शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुख रोप्दै  शशांकले भने : असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गरौँ

मङ्गलबार, २४ भदौ २०७६, १९ : १२
मङ्गलबार, २४ भदौ २०७६

हेटौंडा – नेपाली काँग्रेस मकवानपुरले बिपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा जिल्लाका चारै प्रदेश क्षेत्रबाट दोश्रो चरणको जागरण अभियानको शुभारम्भ गरेको छ ।

चार वटै प्रदेश निर्वाचन क्षत्रेमा १०६ वटा विभिन्न जातका विरुवा रोपेर दोश्रो चरणको जागरण अभियानको शुरुवात गरेको हो ।

प्रतिनिधिसभा १ र २को ख मा काँग्रेसका केन्द्रीय महामन्त्री डा. सशांक कोइरालाको प्रमूख आतिथ्यतामा १०६ वटा विभिन्न जातका विरुवा रोपेर जागरण अभियान शुभारम्भ गरिएको थियो ।


कोइरालाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई मेटाउँदै कम्युनिस्टको गलत क्रियाकलापको भण्डाफोर गरि आमजनतामा जान दोश्रो चरणको जागरण अभियान सुरु गरेको बताए ।

बिपीको सिद्धान्त ठूलो मान्छे हैन, असल मान्छे बन भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै सबै एकजुट भई पार्टीलाई एकढिक्का बनाएर अगाडि बढनु पर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप