शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश पाँचमा डेंगु रोग नियन्त्रणभित्र छ : मन्त्री बराल

मङ्गलबार, २४ भदौ २०७६, १८ : २२
मङ्गलबार, २४ भदौ २०७६

बुटवल– प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पछिल्लो समयमा देशमा देखिएको डेगुं रोग प्रदेश पाँचमा नियन्त्रण भित्र रहेको दाबी गर्दै उपचारमा कुनै समस्या नभएको बताएका छन् ।

नेपाल नेत्रज्योती संघ ५ नम्बर प्रदेशको प्रथम अधिवेशनको गुल्मीमा मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले यस्तो बताएका हुन् । प्रदेश भित्रका प्रत्येक नागरिकका लागि स्वास्थ्य उपचारमा रकम अभावले उपचार हुन सकेन भन्ने अवस्थाको अन्त्य गर्ने गरी प्रदेश सरकार लागि परेको समेत उनको दाबी थियो ।  

डेँगु रोगलाई माहामारीको अवस्थामा फैलिन नदिनका लागि प्रदेश सरकार सचेत रहेको समेत उनले बताए । उपचारका लागि प्रदेश सरकार सक्षम रहेको दाबी गर्दै सजगता अपनाउन भने उनले नागरिकलाई आग्रह गरे । 
५ नं प्रदेश भित्र करिब ३० हजार नागरिकहरु दृष्टिबिहिन रहेको र उनीहरुको उपचारका लागि प्रदेश सरकारले ६० प्रतिशत, स्थानीय सरकारले २० प्रतिशत र २० प्रतिशत नेपाल नेत्रज्योती संघको सहयोगमा शल्यक्रिया गर्ने गरी योजना बनाएको उनले जानकारी दिए ।

सरकारले प्रादेशिक अस्पताललाई पहिलो तहको एम्बुलेन्स राख्ने व्यवस्था गरेको भन्दै अकालमै ज्यान जाने अवस्थाको अन्त्य भएको मन्त्री बरालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप