बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एटीएम ह्याकले सिकाएको पाठ, राष्ट्र बैंकद्वारा तीन बुँदे निर्देशन जारी

मङ्गलबार, २४ भदौ २०७६, १६ : २९
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं–चिनियाँ ह्याकरको एक समूहले  बैंकको सिस्टम ह्याक गरी रकम चोरेपछि राष्ट्र बैंकले बैंकहरुलाई सजगता अपनाउन सल्लाह दिएको छ ।

 बैंक तथा वित्तीय संस्थाले भुक्तानी आदेश गर्दा वा सेवा प्रवाह गर्दा अपनाएको प्रणालीको सत्यता जाँच गरेर मात्र भुक्तानी आदेश दिन राष्ट्र बैंकले  सुझाएको छ । 

बैंक तथा वित्तीय प्रणालीले प्रयोग गरेको सूचना प्रविधि प्रणालीको सुरक्षा अडिट गरी सोबाट देखिएको समस्या तत्काल समाधानमा पहल गर्नुपर्ने पनि राष्ट्र बैंकको सुझाव छ । राष्ट्र बैंकले सूचना प्रविधि प्रणालीमा अन्तरनिहीत आन्तरिक एवम् बाह्य सुरक्षाको जोखिम वयवस्थापनको लागि तीन बुँदे निर्देशन जारी गरेको छ । 

 स्पम, सिसिङ, स्पुफिङलगायतका माध्यमबाट अनाधिकृत पहुँच गरी सूचना चुहावट र आर्थिक चोरीको जोखिम रोक्नका लागि पेरिमिटर डिफेन्स, एसेज कन्ट्रोल, इनक्रिप्सन, एन्टीभाइरस, फायरवेलजस्ता प्राविधिक क्षमता सुदृढ गर्न केन्द्रीय बैंकको निर्देशन  छ ।

यस्तो छ तीन बुँदे निर्देशन


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप