शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल नादेझ्दा कपको फाइनलमा

मङ्गलबार, २४ भदौ २०७६, १४ : ००
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबलको फाइनलम प्रवेश गरेको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा ताजकिस्तानलाई १–० गोलले हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालको फाइनल यात्रामा सावित्रा भण्डारी नायक बनिन् । सावित्राले ८५औं मिनेटमा गोल गरेकी थिईन् ।

नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल खेल बिहिबार हुनेछ । चार टोली सहभागि प्रतियोगिताको पहिलो खेलमा नेपाले आयोजक किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।

दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलले पराजित भएको थियो । राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगितामा आजै उज्वेकिस्तान र आयोजक किर्गिस्तान अर्को खेल खेल्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप