मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ : कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?

मङ्गलबार, २४ भदौ २०७६, १३ : ३०
मङ्गलबार, २४ भदौ २०७६

बुटवल । आगामी मंसिर १४ गते तय भएको उपनिर्वाचनका लागि प्रदेश नम्बर ५ मा तयारी थालिएको छ।  

प्रदेश ५ का ७ जिल्लामा उपनिर्वाचन हुन लागेको छ । जसमा १ प्रदेशसभा सदस्य र ८ वडाध्यक्ष पद रिक्त छ । 

दाङको क्षेत्र नम्बर ३(ख) मा प्रदेशसभा, गुल्मीको रूरू गाउँपालिका वडा नम्बर ६, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३, प्यूठान नगरपालिका वडा नम्बर २, प्यूठानकै ऐरावती गाउँपालिका वडा नम्बर १ र २, रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ र कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १०, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १६, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुँदैछ ।

प्रदेशमा सबैभन्दा धेरैले चासो दिने उपनिर्वाचन दाङ हुने छ । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित उत्तमकुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

 जिल्ला निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख  पदम रेग्मीले मतदाता नामावली प्रकाशन गर्ने तयारी भएको बताए । 

  निर्वाचन आगोगले प्रदेश ५ सहित ५१ स्थानमा हुने उपनिर्वाचनको लागि २५ करोड बजेट पाएको छ । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप