बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्छः  गच्छदार

मङ्गलबार, २४ भदौ २०७६, १२ : ५५
मङ्गलबार, २४ भदौ २०७६

मोरङ– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सङ्घीयता  राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि भएको बताए ।
    
उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिए । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप