मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ऐश्वर्यालाई गरेको अपमान भुलेर अभिषेकले मुस्कुराउँदै अंगालो हाले विवेक ओबरायलाई

मङ्गलबार, २४ भदौ २०७६, १० : ४६
मङ्गलबार, २४ भदौ २०७६

बलिउड अभिनेताद्वय विवेक ओबराय र अभिषेक बच्चनले एक अर्कालाई अंगालो हालेपछि यतिबेला सामाजिक सञ्जाल निकै तातेको छ ।

सहारा इन्डिया पार्टीमा यी दुवैले एक अर्कालाई अंगालो हालेका हुन् । पार्टीमा अभिषेक बच्चन पिता अमिताभ बच्चनसँग गएका थिए भने विवेक पत्नी, आमा र बुबा सुरेश ओबरायसँग गएका थिए ।

भाइरल भिडियोमा अमिताभ बच्चनसँग भेटघाटको लागि उभिएको ओबराय परिवारसँग अभिषेक पालैपालो मिले र विवेकसँग मुस्कुराउँदै अंगालो हालेर पिठ्युमा थमथमाए यसैगरी विवेकले पनि अभिषेकको पिठ्युमा धाम मारे ।

केहि समयअगाडि मात्रै विवेकले ऐश्वर्याको तस्बिरलाई तीनजना अलग–अलग व्यक्तिसँग देखाएर सेयर गरेका थिए । उनले सलमानको फोटोसँग भएको ऐश्वर्याको फोटोमा ओपनिङ पोल लेखेका थिए । विवेवसँगको फोटोमा एग्जिट पोल लेखेका थिए भने अभिषेक र उनकी छोरीसँगको फोटोमा रिजल्ट लेखेका थिए । उनले मन परेर सेयर गरेको भनेर स्पस्टीकरण दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप