शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन् २०२० हुनेछ अक्षय कुमारको नामः आमिर, सलमान खानलाई दिनेछन् टक्कर

मङ्गलबार, २४ भदौ २०७६, १० : ०८
मङ्गलबार, २४ भदौ २०७६

बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमारले सन् २०१९ लाई आफ्नो नाममा पारेपछि अब सन् २०२० मा पनि धमाकेदार इन्ट्री गर्ने तयारीमाछन् । सन् २०१९ मा मिशन मंगल, केसरीको सफलतापछि बक्स अफिसमा कब्जा जमाउने अक्षय कुमारले सन् २०२० लाई पनि आफ्नो नाममा गर्ने लगभग घोषणा गरेका छन् । यसको ठूलो कारण हो सन् २०२० मा आउने अक्षय कुमारको फिल्म र ती रिलिज हुने मिति ।

अक्षय कुमारका तीन ठूला फिल्म सन् २०२० मा भारतका तीन ठूला चाड, इद, दिवाली र क्रिसमसको मौकामा रिलिज हुँदैछ । यी फिल्मका नाम हुन् – लक्ष्मी बम्ब, बच्चन पाण्डे, पृथ्वीराज । अक्षय कुमारले सबैभन्दा पहिला लक्ष्मी बम्ब फिल्मको घोषणा गर्दै रिलिजको मिति मे २२ बताएका थिए । ईदको मौकामा यो फिल्म रिलिज भइरहेको थियो । त्यसपछि अक्षयले बच्चन पाण्डेको लुक सेयर गर्दै फिल्म क्रिसमसको मौकामा रिलिज हुने जानकारी दिए ।

यी दुई फिल्मपछि अक्षय कुमारले फिल्म पृथ्वीराजको घोषणा आफ्नो जन्मदिनको मौकामा सन् २०२० को दिवाली पनि आफ्नो नाममा बुक गरेका छन् । अक्षय कुमारका यी तीन फिल्म तीन भिन्न विषयमा आधारित छन् ।

लक्ष्मी बम्बः

लक्ष्मी बम्ब तमिल फिल्म कंचनाको रिमेक हो । यो फिल्ममा अक्षयसँग मुख्य भूमिकामा कियारा आडवाणी हुनेछिन् । फिल्ममा अक्षय कुमार तेस्रोलिङ्गी भूतको रुपमा देखिने अनुमान गरिएको छ । फिल्मलाई राघव लोरेन्सले निर्देशन गरिरहेका छन् । फिल्म लक्ष्मी बम्बलाई तुषार कपुर र शबिना खानले निर्माण गरिरहेका छन् । यो फिल्मको कहानी हाउसफूल ४ का निर्देशक फरहाद समजीले लेखेका हुन् ।

पृथ्वीराजः

दिवालीको मौकामा अक्षय कुमारको फिल्म पृथ्वीराज रिलिज हुँदैछ । यो फिल्मबारे अक्षय कुमारले सेप्टेम्बर ९ मा घोषणा गरेका थिए । यो एक पिरियड ड्रामा फिल्म हुनेछ । पृथ्वीराज अक्षय कुमारको बिग बजेट फिल्म हुनेछ, यसको निर्देशन डा. चन्द्रप्रकाश द्विेदीले गरिरहेका छन् ।

बच्चन पाण्डेः

फिल्म सन् २०२० को क्रिसमसमा रिलिज हुने तयारीमा छ । फिल्मलाई फरहाद सामजीले निर्देशन गरिरहेका छन् । साजिद नाडियाडवालाले यो फिल्मको निर्माण गरिरहेका छन् । यो फिल्म सन् २०१४ मा रिलिज भएको विरम फिल्मको हिन्दी संस्करण हो ।

अक्षय कुमारको फिल्मसँग हुनेछ क्ल्याशः

सन् २०२० मा अक्षय कुमारको फिल्म बिदाका दिन रिलिज हुँदैछन् । यो मितिमा बक्स अफिसमा अन्य सुपरस्टारले पनि अन्य फिल्म लिएर आउँदैछन् । क्रिसमसको मौकामा आमिर खान स्टारर लाल सिंह चड्डा रिलिज भइरहेको छ । ईदलाई सलमान खानले आफ्नो नाममा सधैं बुक गरिरहेका हुन्छन् । यस्तोमा ईदमा पनि अक्षयको सलमान खानको फिल्मसँग क्ल्यास हुने लगभग निश्चित छ ।

बक्स अफिस क्ल्याशबारे अक्षय कुमारले भनेका थिए, ‘हामीसँग वर्षमा ५२ वटा शुक्रबार हुन्छन् । हाम्रा करिब दुई सय हिन्दी फिल्म रिलिज हुन्छन् भने ४० हलिउड फिल्म । यस्तोमा यदि एक हप्तामा दुई ठूला फिल्म रिलिज हुन्छ भने राम्रो कुरा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप