शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सीले दिए किम जोङ उनलाई बधाई

सोमबार, २३ भदौ २०७६, २२ : ३७
सोमबार, २३ भदौ २०७६

बेइजिङ– उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनपिङले उत्तर कोरियाली नेता  किम जोङ अनलाई सोमबार बधाई दिएका छन् । उत्तर कोरियाको ७१ औं स्थापना दिवसको उपलक्ष्यका सीले बधाई दिएका हुन् । 

चिनियाँ कम्युनिष्ट पार्र्टी (सिपिपी) केन्द्रीय कमिटीका महासचिव पनि रहेका सीले किमलाई दिएको आफ्नो सन्देशमा चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट हार्दिक बधाई दिएका छन् । 

उत्तर कोरियाको स्थापना भएदेखि नै समाजवादी क्रान्ति र निर्माणको क्रममा निरन्तर प्रगति गरिरहेको छ, सीले बताएका न् । चीन र उत्तर कोरियाबीच लामो समयदेखि मित्रता र सहकार्य जारी छ । -सिन्ह्वा 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप