बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतमा निवेदन

सोमबार, २३ भदौ २०७६, २० : ५३
सोमबार, २३ भदौ २०७६

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा निवेदन दर्ता गरिएको छ । 

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा  निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो । चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप