बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सनराइज फर्स्ट म्युचुअल फण्डले दश करोड म्युचुअल फण्ड इकाई बिक्री गर्ने, पायो बोर्डको अनुमति

सोमबार, २३ भदौ २०७६, १९ : १८
सोमबार, २३ भदौ २०७६

काठमाडौं–सनराइज बैंक लिमिटेडद्वारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सनराइज फर्स्ट म्युचुअल फण्ड’ योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका इकाईहरु बिक्रीमा ल्याउने भएको छ । 

नेपाल धितोपत्र बोर्डले आज मिति २०७६/०५/२३ गते संस्थालाई सो मात्राको फण्ड जारी गर्न अनुमति दिएको हो । कोष सुपरिवेक्षकहरुमा श्री चण्डी प्रसाद श्रेष्ठ, श्री कृष्ण बहादुर मानन्धर, श्री बुद्धि प्रसाद आचार्य, प्राध्यापक पूर्ण मान शाक्य र सि.ए. सुधिर कुमार शर्मा रहनु भएको छ ।

बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटल मार्फत अंकित मूल्य १० रुपैयाँको १० करोड इकाई बिक्री गर्न लागेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप