विद्युत कर्मचारी घुस रकमसहित पक्राउ
सोमबार, २३ भदौ २०७६, १८ : ४७
सिराहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नेपाल विद्युत प्राधिकरण शाखा सिराहाका एक कर्मचारीलाई घुससहित पक्राउ गरेका छ्न ।
विद्युत प्राधिकरण शाखा कार्याय सिराहाका इलेक्ट्रोसियन छेदीलाल साहलाई आज सोमबार अपरान्ह सिरहाकै विष्णुपुर गापा १ मा एक चिया पसलबाट ८० हजार नगद घुससहित पक्राउ गरेको हो ।
जागिर लगाइदिने भन्दै साह एक युवकसँग रकम लिएको जनाएको छ । उनलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय बर्दिबास लगिएको प्रहरीले जनाएको छ ।