उज्वेकिस्तानसँग हार्यो नेपाल
काठमाडौं । कीर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भयो । नेपालको हारसँगै फाइनल प्रवेशको ढोका सबै टोलीका लागि खुला भएको छ । नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल खाएको थियो । १४औं मिनेटमा नेपालकी कप्तान निरु थापा विपक्षीसँग ठोकिएर चोट बोक्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो ।
चार टोली सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । फाइनल पुग्न नेपाललाई मंगलबारको खेल जित्नै पर्ने बाध्यता छ । आजै अर्को खेलमा किर्गिस्तान र ताजकिस्तान भिड्नेछन् । उज्वेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको थियो ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक