शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण

सोमबार, २३ भदौ २०७६, १५ : ०८
सोमबार, २३ भदौ २०७६

सुर्खेत– सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । आज बिहान हुम्लाबाट सुर्खेत पुगेर सुर्खेतमा  इन्धन भरेर पुनः सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ । 

बिहान ७ः३० बजे  बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।   हेलिकप्टरमा चालक दलका तीन  सदस्य मात्र  थिए । हेलिकप्टर दैलेखदेखि नेपालगञ्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगञ्जबाट पुन उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । दैलेखमा आज  बिहानैदेखि लगातार वर्षा भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप