शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेफ्रीलाई हातपात गरेबापत रोनाल्डो १२ खेलसम्मका लागि प्रतिबन्धित हुनसक्ने

सोमबार, ३० साउन २०७४, १२ : ४६
सोमबार, ३० साउन २०७४

म्याड्रिड । बार्सिलोनाविरुद्ध स्पेनिस सुपर कपको पहिलो लेगको खेलमा रेफ्री रिकार्डो डे बुर्गोस बेनगोइटेक्सामाथि हातपात गरेबापत क्रिस्टियानो रोनाल्डो १२ खेलसम्म प्रतिबन्धित हुनसक्ने बताइएको बताइएको छ ।

खेलमा गोल गरेपछि टिसर्ट उतारेकोमा पहेँलो कार्ड खाएका रोनाल्डोलाई रेफ्रीले डाइभ गरेको आरोपमा दोस्रो पहेँलो कार्ड देखाएपछि उनी रुष्ट बनेका थिए । जसमा उनले रेफ्रीलाई धकेलेका थिए ।

बेनगोइटेक्साले खेलपछिको रिपोर्टमा लेखेका छन् ः क्रिस्टियानो रोनाल्डो डस सान्तोष अभिएरोले रातो कार्ड देखाएपछि असहमति जनाउँदै मलाई हल्का धकेलेका थिए ।

स्पेनिस फेडरेसनको नियमको धारा ९६ मा रेफ्रीमाथि गरिने ‘हल्का’ हिंसाका लागि १२ खेलसम्म प्रतिबन्ध हुनसक्ने उल्लेख छ । धाराका अनुसार रेफ्रीलाई हल हिंसात्मक तरिकाले धक्का दिनु वा समाते ४ देखि १२ खेलसम्म प्रतिबन्धको सिफारिस गरिएको छ ।

अब स्पेनिस फेडरेसनको कम्पिटसन कमिटीले रोनाल्डोको भविष्य निर्धारण गर्नेछ ।

५ खेल वा सोभन्दा बढी प्रतिबन्ध पाए यो ला लिगासहित सबै स्पेनिस खेलमा लागु हुनेछ भने ४ वा सोभन्दा कम खेल पाए यो सुपर कपमा मात्र लागु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप