शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानले भन्योः अमेरिकालाई थप क्षती हुने

सोमबार, २३ भदौ २०७६, ०७ : ५३
सोमबार, २३ भदौ २०७६

तालिबानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएका छन् ।

तालिबानले एक बयान जारी गदै यो निर्णयले अपरिपक्वता र अनुभवको कमीलाई दर्साउने बताएको छ ।

उनीहरुले अन्तिम समयसम्म सबैकुरा राम्रै भइरहेको दाबी गरेका छन् ।


अमेरिकी राष्ट्रपतिले आइतबार क्याम्प डेविडमा तालिबानका वरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति अशरफ गनीसँग भेटवार्ता हुनुथियो तर त्यसको एक दिन अघि ट्रम्पले ट्वीट गरेर बैठक रद्द गरे ।

ट्रम्पले तालिबान र अफगान सरकारसँग अलग अलग भेट हुने कार्यक्रम निश्चित थियो किनभने तालिबानले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्छ र उससँग प्रत्यक्ष कुराकानी अस्विकार गर्छ ।

यद्यपि, अफगानिस्तानको सरकारले अमेरिकाको यो निर्णयलाई स्वागत गर्दै यसलाई सही समयमा उठाइएको सही कदम बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप