शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाङ यीको ‘विशेष निर्णय’को पखाईमा सम्पूर्ण प्रक्रिया रोकिएको केरुङ–काठमाडौँ रेल्वे

सोमबार, २३ भदौ २०७६, ०६ : ३८
सोमबार, २३ भदौ २०७६

नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र बीआरआई सहयोगमा समेत प्रस्तावित केरुङ–रसुवागढी–टोखा रेल्वे परियोजनालाई अगाडि बढाउन राजनीतिक तत्परताको खाँचो देखिएको छ ।

यसको पूर्वसम्भाव्यता अध्ययनपछिको सम्पूर्ण प्रक्रिया हाल रोकिएको अवस्थामा छ । 

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पछिल्लो समय रेल्वे परियोजनामा खासै चासो देखिएको छैन । ‘रेल्वे लिंकसम्बन्धी पूर्वसम्भाव्यता अध्ययनपछि सबै प्रक्रिया रोकिएको स्थिती हो ,’ उनले भने ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग सोमबार काठमाडौँमा सुरु हुने मन्त्रीस्तरीय संयन्त्र बैठकले रेल्वे लिंकबारे विशेष निर्णय लिएमा मात्र यो पक्रिया अघि बढ्न सक्ने अवस्था छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप