बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एएफसी यू–१६ खेलाडीको घोषणा, को–को परे टोलीमा ?

आइतबार, २२ भदौ २०७६, २१ : २४
आइतबार, २२ भदौ २०७६

काठमाडौं – सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् ।

जोर्डनमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । 

नेपालले भदौ २८ गते जोर्डनसँग खेल्दै छनोट प्रतियागिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल भदौ ३० गते कुवेतसँग, तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल  असोज ५ गते श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

नेपाली टोली

गोलरक्षक  : मनोज दहाल, जेनियस केसी र पथ्थुहाङ नेम्वाङ

रक्षक : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद

मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री

स्ट्राईकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप