शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरगङ्गा जलविद्युत् परियोजनाको काम छिट्टै अगाडि बढाइयोस् : सांसद पौडेल

आइतबार, २२ भदौ २०७६, १७ : ३८
आइतबार, २२ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् परियोजनाको काम छिट्टै अघि बढाउन सरकारसँग माग गरेका छन् ।

आइतबार संसदको शुन्य समयमा बोल्दै सांसद पौडेलले जलविद्युत् परियोजनामा तुरुन्त प्राविधिक पठाएर सरकारले शिघ्र काम अगाडि बढाउन माग गरेका हुन् ।

उत्तरगङ्गा जलासय परियोजना देशकै सस्तो, सरल र सहज परियोजनाका रुपमा भएको भन्दै सांसद पौडेलले यो वा त्यो विवाद सिर्जना गरेर परियोजना कार्यान्वय हुन नदिने षड्यन्त्रको विरोध समेत गरेका छन् ।

८२८ मेगावाटको उक्त जलाशययुक्त परियोजना पछिल्लो समय अन्योलमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप