दीपक मनाङ्गे निर्माता रहेको ‘पोई पर्यो काले’ को यस्तो छ शीर्ष गीत
काठमाडौं –शिशिर राणाको निर्देशन रहेको फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित शीर्ष गीत ‘पोई पर्यो काले’ सार्वजनिक गरेको हो ।
लोक शैलीमा तयार भएको गीतमा थुप्रै कोरस समेत प्रयोग गरिएको छ ।
गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतको नृत्य देख्न सकिन्छ । भब्य सेटका बीच छायाँकन भएको यो गीत बालाजुको नेपाल चलचित्र विकास कम्पनीको प्राङ्गणमा खिचिएको हो । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
निर्देशक राणाकै लेखन रहेको फिल्म किरण नेपालीको प्रस्तुतिमा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानीमा बनेको हो । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । यस फिल्मको मूल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायाँकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको गीत बुढासुब्बा म्युजिकको युट्युव मार्फत सार्वजनिक भएको हो ।
फिल्म भने ८ कार्तिकबाट प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिमा विकास बैंक र टानगण्डकीबिच व्यवसायिक सम्झौता
-
कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण
-
एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता
-
८ वटा अन्डा बराबर प्रोटिन पाइन्छ यो दालमा
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने