शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप, मेयरकै परिवार संक्रमित भएपछि मात्र नगरपालिका सक्रिय

आइतबार, २२ भदौ २०७६, १३ : १०
आइतबार, २२ भदौ २०७६

सिरहा । सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म गोलबजार नगरपालिकामा मात्रै ९ जना डेङ्गुका बिरामी देखापरेका छन् ।

गोलबजार नगरपालिका–४ मा ७ जनामा डेङ्गु देखापरेको छ भने वडा नं. ३ मा २ जनामा यो रोग देखापरेको हो ।

गोलबजारका मेयरकै घरका ४ जनालाई डेङ्गु रोग लोगेको छ । उनका बुहारी रागिनी साहसहित ४ जना विरामी छन् । त्यसैगरी वडा नं. ४ कै रविन्द्र कुमार महतो र अर्का एक परिवारमा २ जनामा देखा डेङ्गु देखापरेको छ ।

गोलबाजर नपा ३ का लालबाबुकर्ण र अर्का १ जनामा डेङ्गु देखापरेको जनाएको छ ।

गोलबजार नगरपालिका नगर स्वास्थ्य शाखाका संयोजक पवन कुमार पञ्जियारले अहिलेसम्म गोलबजार नगरक्षेत्रभित्र ७ जनामा डेङ्गुको संक्रमण देखिएको जनाए । उनलेभने, ‘अहिलेसम्म नगरक्षेत्रभित्र ७ जनामा डेङ्गुको रोग देखिएको अनौपचारिक तथ्याङ्क प्राप्त भएको छ । उनीहरुको धरान, विराटनगर र काठमाडौँमा उपचार भइरहेको सूचना पाएको छु ।’ 

गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले लामखुट्टे नियन्त्रणको लागि विषादी छर्ने योजना नगरपालिकाको रहेको बताए । उनले भने, ‘लामखुट्टे नियन्त्रण गर्ने हाम्रो योजना नै थियो । तर, विभिन्न कारणले कार्यक्रम अघि बढ्न सकिरहेको थिएन । यही बेलामा आफ्नै घरमा रोग देखापर्यो, त्यसलगतै मैले स्वास्थ्य शाखालाइ नियन्त्रणको योजना बनाउन निर्देशन दिइसकेको छु । आजैबाट (शनिवार) बाटै कामहरु पनि शुरु भइसकेको छ ।

नगरक्षेत्रमा रोग देखा परेपछि नगरस्वास्थ्य कार्यालयले त्यसबाट बच्ने सन्देश मूलक सूचना सम्प्रेषण गर्दै आएको छ । सम्वेदनशील क्षेत्रमा फगिङ (विषदी छर्ने) कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा यो रोग देखा परेपछि स्थानीय वासिन्दा भने आतंकित बनेका छन् । डेङ्गुका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरुको पहिचान गरि त्यसलाई नष्ट गर्नु पर्ने स्वास्थ्य प्रमुख पवन कुमार पञ्जियारले सुनाए । उनले भने, ‘घर वरपर फालिएर रहेको खाली वोतल, गाडी तथा मोटरसाइकलका टायरहरु, कुलर, गमला जस्ता ठाउँहरुमा थारै पानी जमेको ठाउँमा पनि सहजै डेङ्गुको लामखुट्टेको वृत्ति विकास हुने भएको हुँदा यस्ता ठाउँहरुको पहिचान गरी त्यसलाई सफा पार्नुपर्छ र लामखुट्टे नियन्त्रणको उपाय अवलम्वन गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप