काभ्रेमा बन्दै ‘लक्का जवान’
काठमाडौं – हाँस्यकलाकार शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको हो फिल्म ‘लक्का जवान’ । फिल्मको अहिले काभ्रेको आसपासका स्थानमा धमाधम सुटिङ भइरहेको छ ।
निर्देशक शिवहरी सहित किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाल लगायतका कलाकारले फिल्ममा अभिनय गरिरहेका छन् । फिल्मको अहिले करिब ५० प्रतिशत काम सकिएको निर्माण युनिटले जनाएको छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता, अनसुया श्रेष्ठ वन्त निर्माता र राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी सहनिर्माता रहेको फिल्म सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्न लागेको निर्देशक शिवहरीले बताए ।
कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मका गीतमा बाबुल गिरीले संगीत भरेका छन् । मित्र डि. गुरुङले सम्पादन रहने फिल्मका छायाँकार पुरुषोतम् प्रधान हुन् । फिल्म आगामी चैत ७ गते प्रदशर््नमा ल्याउने लक्ष्य निर्माण युनिटको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान