शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानको विवादित ट्याङ्कर हस्तान्तरण गरे क्याप्टेनलाई करोडौँ दिने प्रस्ताव गरेको अमेरिकाद्वारा स्वीकार

आइतबार, २२ भदौ २०७६, १० : ४८
आइतबार, २२ भदौ २०७६

बीबीसी । अमेरिकाको विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)ले इरानीयन तेल ट्यांकर हस्तान्तरण गर्नको लागि ट्यांकरका क्याप्टेनलाई करोडौं डलर प्रस्ताव गरेको पुष्टि गरेको छ । 

मन्त्रालय अन्तर्गतको ‘इरान एक्सन ग्रुप’का प्रमुख ब्रायन हूकले एड्रियन दर्य–१ का क्याप्टेनलाई इमेल गरेर अमेरिकाले पक्राउ गर्न मिल्ने स्थातर्फ ट्यांकरलार्य अघि बढाउन भनेका थिए । 

सिरियातर्फ तेल लादैं गरेको आशंकामा जुलाईमा बेलायतले उक्त ट्यांकरलाई नियन्त्रणमा लिएको थियो ।  

अघिल्लो महिना इरानले ट्याकंरमा रहेको तेलको गन्तव्य सिरिया नरहेको लिखित प्रतिवद्धता जनाएपछि त्यसलाई मुक्त गरिएको थियो । 

अन्तिम समयमा अमेरिकाको न्याय मन्त्रालय (जस्टिस डिपार्टमेन्ट)ले जहाजको रिहाई रोक्न खोजेको थियो । त्यसका लागि अमेरिका ट्यांकरविरुद्ध वारेन्ट जारी गरेको थियो । 

क्याप्टेनलाई विदेश मन्त्रालयले रकमको प्रस्ताव गरेको खबर बुधबार फाइनान्सीयल टाइम्सले प्रकाशमा ल्याएको थियो । विदेश मन्त्रालयले रिपोर्टलाई पुष्टि गरेको हो । 

‘हामीले एड्रियन दर्य १ का क्याप्टेनसम्म पहुँच पाउनको लागि कयैन जहाजका क्याप्टेन र जहाज कम्पनीसँग सोधखोज गरेका थियौं ,’ एएफपी समाचार एजेन्सीसँग मन्त्रालयकी एक प्रवक्ताले भनिन् । अघिल्लो शुक्रबार अमेरिकाले उक्त इरानी ट्याकंरलाई कालो सूचीमा राख्यो । 

अमेरिकाको अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट)ले एउटा वक्तव्य जारी गर्दै वाहनमा रहेको २१ लाख ब्यारेल इरानी कच्चा तेल इरानको रिभोलुस्नरी गार्डको फाइदाको लागि प्रयोग गर्न लागेको बताएको छ ।  
इरानको सैन्य फौजको यस हिस्सा रिभोलुस्नरी गार्डलाई अमेरिकाले आतंकवादी सस्था घोषणा गरेको छ । 

इमेलमा के भनिएको थियो ?
फाइनान्सियल टाइम्सका अनुसार, हूकले एड्रिएन दर्य–१ जहाजको भारतीय क्याप्टेन अखिलेश कुमारलाई जहाजमाथि प्रतिबन्ध लगाउनु अघि इमेल पठाएका थिए । 

‘म सुखद समाचारका लागि यो लेखिरहेको छु,’ इमेलमा लेखिएको छ । हूकले तेल ट्यांकरलाई अमेरिकाले पक्राउ गर्न सकिने स्थानतर्फ लगेमा ट्रम्प प्रशासनले क्याप्टेनलाई करोडौं अमेरिकी डलर तिर्न तयार रहेको बताएका थिए । 

क्याप्टेनलाई इमेल जालि हो भन्ने नपरोस् भन्नको लागि विदेश मन्त्रालयको फोन नम्बर पनि लेखिएको समाचारमा उल्लेख छ । 

हूकले समाचारपत्रसँग कुराकानी गर्ने क्रममा अमेरिकी विदेश मन्त्रालयले ‘गैरकानुनी तेल निर्यातलाई नियन्त्रण गर्नको लागि समुन्द्र यातायात सम्बन्धी समुदायसँग ‘नजिकमा रहेर काम गरिरहेको’ बताए । 

क्याप्टेन अखिलेशले इमेललाई बेवास्ता गरेका थिए । त्यसपछि अमेरिकाले एड्रियन दर्य १ लाई प्रतिबन्ध लगाउदाँ कुमारमाथि पनि व्यक्तिगत प्रतिबन्ध लगाएको छ । 

ट्वीटरमा इरानका विदेश मन्त्री जावेद जरिफले अमेरिकाले ‘खुलेआम ब्लाक मेल गरेको’ लेखेका छन् ।

ट्रम्प प्रशासनले बुधबार इरानी तेल ढुवानी संजालमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । घोषणमा यो प्रणालीमा क्षति पु¥याउन सक्ने जो कोहीलाई १.५ करोड अमेरिकी डलर दिने प्रस्ताव छ । 

ट्यांकर विवाद के हो ?
पहिले ग्रेस १ नाम रहेको एड्रियन दर्य १ तेल ट्याकंरलाई जुलाई ४ मा ब्रिटिस अधिकारीले कब्जामा लिएका थिए ।

ट्यांकरमा रहेको तेल सिरियातर्फ तेल लगिदैं गरेको र र त्यसले युरोपले सिरियामाथि लगाएको प्रतिबन्धको उलंघन हुने भन्ने आरोपमा ट्यांकर पक्राउ भएको थियो । 

इरानले ट्यांकरमा रहेको तेल सिरिया नलाने प्रतिवद्धता जनाएपछि अगस्ट १५ मा त्यसलाई मुक्त गरिएको थियो ।

जहाज छाड्ने तयारी हुदैं गर्दा अमेरिकाले जहाजलाई नियन्त्रणमै राखिराख्न आग्रह गरेको थियो । तर बेलायतले अमेरिकी प्रस्ताव अस्वीकार गरेको थियो ।  

एक अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी मेक्सर टेक्नोलोजी इन्कले जारी गरेको भू–उपग्रहिय तस्विरमा एड्रिएन दर्य–१ सेप्टेम्बर ६ मा सिरियाको बन्दरगाह तरटस नजिक देखिएको छ । ट्यांकरको ‘ट्रान्सपोण्डर’ बन्द भएको देखिन्छ र यसको अन्तिम सिग्नल सोमबार दिउसो साइप्रस र सिरियाबीचको समुन्द्र भागबाट पहिचान भएको थियो ।

जहाज नियन्त्रणमा लिएपछि बेलायत र इरानबीच कुटनीतिक संकट सुरु भएको थियो । पछि इरानले खाडि क्षेत्रमा ब्रिटेनको झण्डा रहेको स्वीडस स्वामित्वको तेल ट्यांकर ‘स्टेना इम्पेरो’ नियन्त्रणमा लियो । 

बुधबार इरानले ‘स्टेना इम्पेरा’का २३ जहाजको अन्तराष्ट्रिय क्रू सदस्यमध्य सातलाई मुक्त गरिदिएको छ । बाँकी १६ क्रू सदस्य जहाजसँगै इरानको दक्षिणी बन्दरगाह बन्दर अब्बासमा रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप