बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किन हुन्छ मूत्रनलीको संक्रमण ? यसको पीडा कम गर्न के गर्ने ?

आइतबार, २२ भदौ २०७६, १० : ३०
आइतबार, २२ भदौ २०७६

धेरैले भोगेको समस्या हो, पिसाबको संक्रमण । पिसाब गर्दा दुख्ने, पोल्ने हुँदा अत्यन्तै पीडा हुने यो संक्रमण महिला र पुरुष दुवैलाई हुन्छ । यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ । यौनाङ्गको विशेष हेरचाह र सरसफाईमा ध्यान नदिँदा धेरैजसो यो समस्या हुने गर्छ । मासिक श्राव, गर्भावस्था, असुरक्षित यौनसम्पर्क आदिका कारण यो समस्या देखा पर्ने गर्छ । 

पिसाब नली एकदमै संवेदनशिल हुन्छ । यस्तो अंगमा संक्रमण फैलने खतरा पनि बढि नै हुन्छ । पिसाब पास हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा संक्रमण मुत्राशयसम्म पुग्ने गर्छ । 

कारणः 
-ब्लाडर सुन्निनु 

-मृगौलाको पथ्थरी

-शरीरमा पानीको मात्रा कम हुनु

-कलेजोको समस्या

-करङको हड्डीमा चोट लाग्नु 

-पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा

-संवेदनशील स्थानमा चोट लागेमा

-दुर्गन्धित शौचालयको प्रयोग

-धेरैबेरसम्म पिसाब रोकेमा

-गुप्ताङ्गको राम्रोसित सफाई नगरे

-मधुमेह

घरेलु उपचारः
-२ चियाचम्चा स्याउको रस र एक चियाचम्चा मह मनतातो पानीमा मिसाएर पिउँदा संक्रमण फैलाउने ब्याक्टेरिया नष्ट हुन्छ र पिसाब सजिल्यै बाहिर आउन मद्दत पुग्छ ।

-पिसाबमा हुने संक्रमणको समयमा पटक–पटक पिसाब आएमा १ चियाचम्चा सोडा १ गिलास पानीमा मिसाएर खाँदा पेटमा हुने जलन कम हुन्छ र पीडा कम हुन्छ ।

-अलैँचीलाई पिसेर धुलो बनाउने र अनारको रसमा मिसाउँने र थोरै थोरै नुन राखेर पिउँदा पिसाबको संक्रमण २ दिनमै निको हुन्छ ।

-लस्सी पनि यस इन्फेक्सनको लागि फाइदाजनक हुन्छ । इन्फेक्सन भएको समयमा हरेक दिन लस्सी पिउने गर्नुपर्छ ।

-क्र्यानबेरी जुुस पनि यसको लागि लाभकारी हुन्छ । ३ वा ४ दिनसम्म यो जुसको सेवन गर्दा आराम मिल्छ ।

-लसुनमा प्राकृतिक रुपमै ब्याक्टेरियासँग लड्न सक्ने क्षमता हुन्छ । हरेक दिन एउटा पोटी लसुन र पानी सेवन गर्दा यो समस्या कम हुन्छ ।

-यसका साथै, यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिने, पिसाव नरोक्ने, पानी पिउने आदि गर्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।   
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप