बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजा हिन्दुस्तानी’ का नायक विरु कृष्णननको निधन

आइतबार, २२ भदौ २०७६, १० : २४
आइतबार, २२ भदौ २०७६

फिल्म राजा हिन्दुस्तानी, दुल्हे राजा, अकेले हम अकेले तुमजस्ता फिल्ममा अभिनय गरिसकेका विरु कृष्णननको निधन भएको छ । उनको शनिबार  मुम्बईमा निधन भएको हो । स्मरण रहोस्, अभिनयका साथै विरु कृष्णनन एक चर्चित कथक डान्सर थिए । उनको निधनको खबर सुनेर बलिउडका थुप्रै कलाकारले मिडियामा शोक व्यक्त गरेका छन् ।

हालै, बलिउड नायिका प्रियंका चोपडाले उनको तस्बिर सेयर गर्दैै लेखेकी छिन्, ‘तपाईंले मलाई नाच्न सिकाउनुभयो । नृत्यप्रति तपाईंको धैर्य र प्यासनले मलाई नृत्य सिक्न प्रेरित गर्यो तर अझै धेरै कुरा सिक्न बाँकी थियो । तपाईंलाई सधैं याद गरिरहनेछु गुरुजी ।’

यसका साथै टिभी नायक करणवीर बोहराले लेखे, ‘गुरुजी अब यो संसारमा हुनुहुन्नँ भन्ने खबर सुनेर मलाई असाध्यै पीडा भइरहेको छ । मैले टिसर्च डेको दिन एक पोष्ट सेयर गरेर उनलाई धन्यवाद भनेको थिएँ । मलाई थाहा थिएन कि तपाईंले हामीलाई यसरी छोडेर जानुहुनेछ । तपाईंबाट हामीले धेरै कुरा सिकेका छौं, तपाईंजस्तो शिक्षक निकै कमले पाउँछन् ।’

प्रियंका चोपडा, करणवीर बोहरबाहेक आथिया शेट्टीले पनि आफ्नो ट्वीटर अकाउन्टमा तस्बिर सेयर गर्दै दुःख व्यक्त गरेका छन् । उनलाई कडा मेहनत, अनुशासन र कथक सिकाएकोमा धन्यवाद व्यक्त गरेका छन् । यस्तै नायिका लारा दत्ताले पनि ट्वीट गर्दै लेखेकी छिन्, ‘यो दुःखी बनाउने खबर हो । गुरुजीको परिवारका लागि प्रार्थना र समवेदना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप