बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘आर्टिफिसियल इन्टेलिजेन्स’ का कारण एउटै कम्पनीबाट ५ सय ४१ जनाले जागिर गुमाए

आइतबार, २२ भदौ २०७६, १० : १९
आइतबार, २२ भदौ २०७६

नयाँ दिल्ली । खाना डेलिभरी गर्ने प्ल्याटफर्म ‘जोमाटो’ले शनिबार आफ्नो उपभोक्ता, व्यापारी र डेलिभरी पार्टनर सपोर्ट टीमबाट ५४१ कर्मचारीलाई (करीब १० प्रतिशत) लाई जागिरबाट निकालेको छ ।

कम्पनीले जमेटो प्ल्याटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि सामेल गरिएको कारण उनीहरुलाई जागिरबाट निकालेको बताएको छ । कम्पनीका अनुसार यो प्रविधिको शुरुवात पछि अब ग्राहकहरुको समस्या सिधै अटोमेसनबाट हुन थालेकोे छ ।

कम्पनीले भनेको छ, ‘प्रविधि विकसित गर्नका लागि यस प्रकारको निर्णय लिन निकै कठिन थियो । निकालिएका कर्मचारीहरुलाई थप दुई महिनाको तलब प्रदान गरिएको छ । त्यस्तै, कर्मचारीको परिवारलाई सन् २०२० सम्म स्वास्थ्य बीमाको सुविधा दिइएको छ ।’ कम्पनीका अनुसार प्रविधिको कारण ब्याकह्याण्डमा सपोर्टको आवश्यकता कम भएको थियो ।

कम्पनीले अघिल्लो महिनामात्र गुडगाँव कार्यालयबाट ६० कर्मचारीलाई निकालेको थियो । कम्पनीले भनेको छ, ‘पछिल्लो केही महिना हामीले हाम्रो टेक्नोलोजी प्रोडक्ड र प्ल्याटफर्म राम्रो भएको पायौँ । यसले गर्दा हाम्रो मात्र ७.५ प्रतिशत अर्डरलाई सपोर्ट कर्मचारीको आवश्यकता भएको पायौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप