बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

७० हजारलाई डेंगु, वैशाखयता अस्पतालमै पुगेकै बिरामी ७ हजार

आइतबार, २२ भदौ २०७६, ०७ : १८
आइतबार, २२ भदौ २०७६

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् । 

निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आंकलन छ । 

इडिसिडीको तथ्यांकअनुसार वैशाखदेखि असारसम्म ३ हजार ४२५ जना र साउनयता ३ हजार ५८० जना उपचार गराउन अस्पताल आइपुगका छन् । यो सरकारी क्षेत्रको रिर्पोटेड तथांक हो । निजीसहित गर्दा ७० हजार डेंगुले बिरामी पुगेको अनुमान छ । यो समाचार कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप